‘उत्तर कोरियाले तत्कालै क्षेप्यास्त्र परीक्षण गर्छ भन्नु अपरिपक्वता’ « Khabarhub

‘उत्तर कोरियाले तत्कालै क्षेप्यास्त्र परीक्षण गर्छ भन्नु अपरिपक्वता’


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया– उत्तर कोरियाको क्षेप्यास्त्र केन्द्रहरुमा भएको भनिएका गतिविधिबाट उत्तर कोरियाले चाँडै क्षेप्यास्त्र परिक्षण गरिहाल्छ भन्ने निष्कर्ष निकाल्न नसकिने दक्षिण कोरियाली रक्षामन्त्रीले जनाएका छन् ।

सोमबार संसदीय सुनुवाईका क्रममा दक्षिण कोरियाली रक्षामन्त्री जियोङ कियोङ दुले उत्तर कोरियाको टोङचाङ रि क्षेत्रको सोहे रकेट प्रक्षेपण केन्द्रमा भएको गतिविधिले उत्तर कोरियाले तत्कालै क्षेप्यास्त्र परीक्षण गरिहाल्छ भन्नु अपरिपक्वता हुने जनाएका हुन् ।

सोहे रकेट प्रक्षेपण केन्द्रबाट यसअघि उत्तर कोरियाले अन्तरिक्षयान प्रक्षेपण गर्ने गरेको भएपनि हालसम्म त्यहाँबाट क्षेप्यास्त्र प्रक्षेपण भने गरेको छैन ।

यो महिनाको शुरुमा उत्तर कोरियाली क्षेप्यास्त्र तथा आणविक गतिविधिको अनुगमन गर्ने अमेरिकी तथा विभिन्न संस्थाहरुले भू उपग्रहमार्फत् खिचिएका तस्बीरले उत्तर कोरियाले आफ्ना क्षेप्यास्त्र तथा आणविक गतिविधिलाई बढाउँदै लगेको जनाएका थिए ।

यद्यपि रक्षामन्त्रीले संसद्को रक्षा समितिको सुनुवाईका क्रममा उत्तर कोरियाको यस गतिविधि क्षेप्यास्त्रसँग सम्बन्धित रहेको भन्न तत्काल उपयुक्त नहुने बताएका हुन् ।

यद्यपि रक्षामन्त्री जियोङले उत्तर कोरियाले आफ्नो आणविक गतिविधिलाई निरन्तरता दिइरहेको सङ्केत भने देखिएको जनाए । यस्तै अर्को संसदीय सुनुवाईका क्रममा दक्षिण कोरियाका नवनियुक्त एकीकरणमन्त्री चो म्याङ ग्योनले भने उत्तर कोरियाले कुटनीतिक वार्तामा आफूलाई बलियो रुपमा प्रस्तुत गर्न आणविक तथा क्षेप्यास्त्र गतिविधि बढाइरहेको प्रतिक्रिया दिएका छन् ।

उनले विस्तृत विश्लेषणपछि मात्रै उत्तर कोरियाले के गरिरहेको हो भन्ने स्पष्ट हुने जनाए । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत महिना भियतनामको राजधानी हनोईमा भएको दोश्रो शिखर वार्ता बिना निष्कर्ष टुङ्गिएपछि उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र गतिविधिलाई निरन्तरता दिएको भन्ने प्रतिवेदनहरु सार्वजनिक भइरहेका छन् ।

केही दिन अघिमात्रै उत्तर कोरियाली उपविदेशमन्त्री चो सोन हुईले वार्ताका क्रममा अमेरिकाले आफ्नो अडान कायमै राखे उत्तर कोरियाले वार्ता छाडेर क्षेप्यास्त्र तथा आणविक परीक्षणलाई निरन्तरता दिने चेतावनी दिएकी थिइन् ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ६ : ४५ बजे

आईपीएल: आरसीबीमाथि गुजरातको सानदार जित

अहमदाबाद – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२औँ

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी

काठमाडौं– मुलुकको शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट

लगातार तीन दिन सार्वजनिक बिदा : आज अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ