अब मास्कबाटै श्वासप्रश्वासको अवस्था थाहा पाइने | Khabarhub Khabarhub

अब मास्कबाटै श्वासप्रश्वासको अवस्था थाहा पाइने


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ टेक कम्पनी शाओमीले श्वासप्रश्वासको मापन पनि गर्न मिल्ने गरीको मास्क उत्पादन गर्ने भएको छ ।

चीनमा अत्यासलाग्दो गरी बढेको वायु प्रदुषणले मानिसहरु समस्यामा परिरहेका बेला शाओमीले  श्वासप्रश्वासको पनि मापन गर्न मिल्ने गरी स्मार्ट मास्क बनाउन लागेको हो ।

शाओमीले बनाउन लागेको स्मार्ट मास्कको नयाँ पेटेन्ट पनि दर्ता गराएको छ । कम्पनीले अमेरिकाको पेटेन्ट एण्ड ट्रेड मार्क कार्यालय (युएसपीटिओ) मा सो पेटेन्ट दर्ता गरेको हो ।

शाओमीको पेटेन्ट फाइल अनुसार कम्पनीको स्मार्ट मास्क विभिन्न चार ओटा मोडलमा उपलब्ध हुनेछ । यसमा इन्बेडेड कम्प्युटिंग युनिट रहने छ ।

यसमा एक प्रोसेसर पनि समावेस रहेको हुन्छ जसले मास्कको फ्यानमा रहने सेन्सरबाट सबै डाटालाई गणना गर्ने गर्दछ । त्यसपछि यी डाटाहरु मेमोरी मोड्युलमा स्टोर हुने छन् ।

यसबाहेक मास्कमा जडान गरिएको एक मोड्युलबाट सबै डाटा रिले हुनेछन् । यी कामका लागी चाहिने पावरको लागी मास्कमा इनबिल्ट ब्याट्री राखिएको रहेको हुनेछ । यी सबैका लागी स्मार्ट मास्कमा स्ट्यान्डर्ड फिल्टर हुनेछ ।

यस स्मार्ट मास्कले यसलाई लगाएको समयलाई प्रदुषण शोषण मापनसँगै रेकर्ड गर्न सक्नेछ । कम्पनीले यसमा सेन्सरहरुको प्रयोग गरि प्रदुषण शोषणको मात्रालाई काउन्ट गर्न सक्ने बनाउने छ ।

यस स्मार्ट मास्कको लागी एक एप ल्याईने अनुमान लगाइएको छ जसमा मास्कले रेकर्ड गरेको र क्याल्कुलेट गरेको डाटालाई पठाउने छ ।यस मास्कले उपभोक्तालाई सेन्ट्रल सर्भरको प्रयोग गरेर एयर क्वालिटी इन्डेक्सको जानकारी पनि प्रदान गर्ने छ ।

यस स्मार्ट मास्कमा धेरै प्रकारका सेन्सरहरु रहने छन् । जसले एक्सेलेरोमीटर र जाइरोस्कोपको माध्यमबाट श्वासप्रश्वासको क्रमलाई मापन गर्ने तथा उपभोक्ताको गतिलाई मापन गर्नेछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ९ : १९ बजे

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित

सिरहा – सिरहा नगरपालिकामा गत माघ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत

सामाजिक सञ्जाल नियन्त्रण गर्ने तयारीमा सरकार, ४ वर्षदेखि फेसबुकमाथि प्रतिबन्ध लगाएको युगाण्डाबाट के सिक्ने ?

काठमाडौं– सरकारले फेसबुकलगायत सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन जारी गरेको

रिहा भएपछि ज्ञानेन्द्र शाहीले भने : भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सफल भयौं

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीहरूको

मधेस प्रिमियर लिग : जनकपुर सनराइज र बलान बिहुल विजयी

सप्तरी – मधेस प्रिमियर लिगअन्तर्गत आज छैटौँ दिन सम्पन्न भएको

अफगानिस्तानमा सवारी दुर्घटना: दुई जनाको मृत्यु, ११ जना घाइते

काबुल – अफगानिस्तानको बघलान प्रान्तमा रहेको सालाङ पासको दक्षिणी भागमा