यसरी सुधार्नुहोस बिग्रेको यौन स्वास्थ्य « Khabarhub

यसरी सुधार्नुहोस बिग्रेको यौन स्वास्थ्य


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

यौन मानिसको आवश्यकता भित्रको एक हो । तसर्थ हरेक वयस्क मानिसमा यौनका बारेमा चासो हुनु र यसबारे चाहना रहनु स्वभाविक हो ।

त्यसैले पनि हरेक मानिसले आफ्नो उमेरसंगै यौन जीवनलाई सुन्दर बनाउन प्रयाश गर्नुपर्छ । अन्यथा यौन जिवनमा समस्या भोग्नुको अलावा अर्को कुनै विकल्प हुदैन । सुन्दर यौन जीवनका लागि के कुरामा ध्यान दिने त ?

१. तनाव मुक्त हुने

तनावले हृदयको गति बढाउँछ, जसका कारण रक्तचाप बढ्ने गर्दछ । यसले यौन जीवनमा नकारात्मक प्रभाव पार्दछ । तसर्थ यौन जीवन सुन्दर बनाउन तनावबाट बच्नु र पार्टनरसँग खुलेर मनको बोझ बाड्ने गर्नु पर्दछ ।

२. पर्याप्त निन्द्रा

यौन जीवनलाई असर पार्ने अर्काे ध्यान दिनु पर्ने कुरा भनेको पर्याप्त निदाउनु हो । पर्याप्त अर्थात आठ घण्टा निदाउनेहरुमा यौन इच्छा जाग्ने र लामो समयसम्म यौन क्षमता बढाउन मद्दत गर्दछ ।

३. नयाँ आसन

अधिकाशं जोडि यौन कार्यका लागी प्रायः एकै किसिमको आसन अपनाउने गर्दछन् । तर लामो समय एकै किसिमको आसनमा यौनकार्य गर्नु बोरिङ र नीरस हुन्छ । त्यसैले यौनलाई उत्साहित बनाउनका केहि नयाँ आसन अपनाउनु उत्तम हुन्छ ।

४. अश्लील चलचित्र कम हेर्नु

आजकल प्रायजसो मानिमा अश्लल भिडियो वा तस्वीर हेर्ने बानी हुन्छ । तर अश्लील भिडियो हेर्नु यौन जीवनका लागी घातक साबित हुन्छ । यस्तो लत लागेमा अवास्तविक आकांक्षाले यौनतर्फ कामोत्तेजना घट्दै जान्छ ।

५. कुलतको परित्याग

धूम्रपान र मद्यपानले मानिसको स्वास्थ्यमा निकै असर पार्दछ । तर यो कुराको जानकार भएर पनि कतिपय मानिस यसको कुलत त्याग्न सकिरहेका हुदैनन् । तर यौन जीवनमा कुलतले नकारात्मक प्रभाव पार्दछ ।

धूम्रपानले यौन जीवनमा असर पुर्‍याउँनुका साथै रक्तसञ्चारमा कमी ल्याई उत्तेजना घटाउँछ । साथै मद्यपानले यौन क्षमता कम गर्दछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ९ : ३० बजे

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक