बाँस्कोटाको अडियो प्रकरणबारे अख्तियारले छानबिन गर्छ : प्रचण्ड « Khabarhub

बाँस्कोटाको अडियो प्रकरणबारे अख्तियारले छानबिन गर्छ : प्रचण्ड


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानबिन गर्ने बताएका छन् ।

आइतवार मिथिला परिक्रमाको उद्घाटन गर्दै उनले उक्त विषयमा लेखा समितिमा पनि छलफल भइरहेको बताए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा आएको अडियोसँग जोडिएका हरेक विषयमा सम्बन्धित सबैको छानबिन हुने पनि उनको भनाइ थियो ।

उनले कम्युनिस्टहरु सत्तामा गएपछि बिचलन आउने गरेको बताए । केही दिनअघि भक्तपुरको एउटा कार्यक्रममा कम्युनिस्टको चरित्रबारे बेलेको विषयबारे समेत उनले प्रष्टीकरण समेत दिए । प्रचण्डले सत्तामा हुँदा कम्युनिष्ट नराम्रो हुने संसारभरको कुरा बोलेको दाबी गर्दै नेकपाको बारेमा मात्र कुरा गनरेको प्रष्टाए ।

फरक प्रसंगमा प्रचण्डले प्रदेश २ को सरकारमा पार्टी सहभागी हुन कुराकानी थालिएको खुलासा गरे । उनले प्रदेश २ को सरकारमा सहभागी हुनका लागि नेकपाले सत्तासीन दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा) सँग कुराकानी गरिरहेको बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ३ : २२ बजे

निर्माणाधीन संसद भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान

दाङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद् वर्षमान

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत