सुरक्षाकर्मीको मनोबल उच्च बनाउन सरकारले विशेष काम गरिरहेको छ : गृहमन्त्री थापा « Khabarhub

सुरक्षाकर्मीको मनोबल उच्च बनाउन सरकारले विशेष काम गरिरहेको छ : गृहमन्त्री थापा


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रत्ननगर– गृहमन्त्री रामबहादुर थापा (बादल)ले निर्यातमुखी अर्थतन्त्र सबल हुनुपर्ने बताएका छन् । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र काठमाडौँद्वारा चितवनको रत्ननगरमा आयोजित ‘व्यापार, विश्लेषण तथा निकासी प्रवर्द्धन’सम्बन्धी तालीमको सोमबार शुभारम्भ गर्दै उनले औद्योगिक, व्यापार र अर्थनीतिको विश्लेषण गरेर सुधार गर्नुपर्नेमा जोड दिए ।

गृहमन्त्री थापाले उत्पादन बढाइ निर्यातमा वृद्धि गर्न आग्रह गर्दै आन्तरिक सुरक्षा व्यवस्था सबल बनाउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए । उनले भने, ‘सुरक्षाकर्मीको मनोवल उच्च बनाउन गृह मन्त्रालय  र सरकारले विशेष काम गरिरहेको छ । प्रहरी चौकी निर्माण र पुनः निर्माणको काम भइरहेको छ ।’

गृहमन्त्री थापाले राजमार्गमा राखिएकासडक बोर्डको दस्तुर सङ्कलन केन्द्रले समस्या बनाएको हुँदा ती केन्द्रलाई जिल्लाको सीमा क्षेत्रमा रहेको शून्य बिन्दुमा सार्ने प्रक्रिया अघि बढाइएको बताए । उनले भने, ‘तपाईंहरुलाई समस्या बनाएको गोन्द्राङको ढाँट सर्छ ।’

सुखी नेपाली समृद्ध नेपाल वनाउन सरकारले विकासको गतिलाई तीव्र बनाएको गृहमन्त्री थापाको भनाइ थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ११ : १९ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र