हामीलाई थाहै नदिई ‘सेन्टीभाइरस’ जुधाउन ल्याइयो: दीपेन्द्र के खनाल « Khabarhub

हामीलाई थाहै नदिई ‘सेन्टीभाइरस’ जुधाउन ल्याइयो: दीपेन्द्र के खनाल


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो खुशीको कुरा हो, यतिबेला विदेशी फिल्मको भन्दा नेपाली फिल्मको बढी चर्चा भएको छ । फिल्म हेर्न दर्शक फिल्म हलमा ओइरिए । धुर्मुस सुन्तलीको फिल्म ‘सेन्टीभाइरस’ र सुरक्षा पन्तको ‘आमा’ हेर्न दर्शक हलसम्म पुगे ।

तुलनात्मक रुपमा ‘सेन्टीभाइरस’ ले आक्रामक व्यापार गर्‍यो । सुरक्षाको ‘आमा’ ले मल्टिप्लेक्समा राम्रो व्यापार गरे पनि सिङ्गल थिएटरमा भने राम्रो व्यापार गर्न सकेन ।

रमाइलो कुरा के छ भने हेरेका दर्शकले धुर्मुसको सेन्टीभाइरसको भन्दा आमा फिल्मको तारिफ गरेका छन् । तर, ठूलो समूह धुर्मुसको सेन्टीभाइरस हेर्न पुगेको छ ।

दीपेन्द्र के खनाल उक्त फिल्ममा लोकप्रिय कलाकारको टिम हुँदा उक्त फिल्मले बढी दर्शक तानेको बताउँछन् । उनले आफ्नो फिल्म ‘आमा’ ले पनि राम्रो कमाइ गरेको दाबी गर्छन् ।

‘धुर्मुस जीको फिल्मको चर्चा हुनु स्वभाविकै हो, किनकि यो रंगशाला निर्माणसँग पनि जोडिएको छ,’ निर्देशक खनालले भने ।

उनले ‘आमा’ फिल्मले पनि सकारात्मक प्रतिक्रिया र समीक्षा पाएकाले दर्शकले फिल्म हेर्ने विश्वास व्यक्त गरे । ‘मेरा धेरै पहिलो हप्ताभन्दा दोस्रो हप्तामा राम्रो चल्ने गर्छ, यो फिल्म पनि चल्नेमा आशावादी छु,’ उनले भने ।

उनले दर्शकबाट समीक्षा राम्रो पाइरहेको प्रतिक्रिया दिए । खनालले आफूहरुले फिल्मको मिति पहिले नै फाइनल गरिएको र पछि धुर्मुसको फिल्म ‘सेन्टीभाइरस’ जुध्न आएको प्रतिक्रिया दिए ।

‘हामीले पहिले नै रिलिज मिति घोषणा गरेर त्यहीअनुसार काम गरेका थियौं, उहाँहरुले पनि यही मितिमा फिल्म रिलिज गर्ने निर्णय गर्नुभएछ,’ खनालले भने, ‘पहिले नै सल्लाह गरेको भए सोच्न सकिन्थ्यो, अब आउनुभएछ के भन्ने ?’

उही मितिमा ‘सेन्टीभाइरस’ पनि रिलिज हुने कुरा आफूहरुले थाहै नपाएको खनालले बताए । सेन्टीभाइरस कहिले रिलिज हुँदैछ भन्ने सल्लाह नै नगरी रिलिज मिति घोषणा गरिएको सीतारामले पछि बताएको खनालको भनाइ थियो ।

‘उहाँले मसँग सल्लाह नै नगरी रिलिज डेट सार्वजनिक गर्नुभएछ भन्नुभयो,’ उनले भने ।

त्यसो त नेपालमा प्राय: फिल्म एकसाथ रिलिज भएका हुन्छन् । निर्माताले वितरकले आफ्नो स्वार्थ र आफूले वितरण गर्न नपाएको झोंकमा फिल्म जुधाउने गरेको आरोप पनि लगाउँछन् ।

लामो समयपछि हलमा यी दुई फिल्मले दर्शक तान्न भने केही हदसम्म सफल भएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १२ : ३८ बजे

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय