भिम रावलको प्रश्नः प्रधानमन्त्रीज्यू देशलाई आमा भन्छौं कसरी काटेर खान सक्नुभो ? « Khabarhub

भिम रावलको प्रश्नः प्रधानमन्त्रीज्यू देशलाई आमा भन्छौं कसरी काटेर खान सक्नुभो ?


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य तथा पार्टीको सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलले एक दिन ढिलो गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्म दिनएको शुभकामना दिएका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो जन्मथलो तह्रथुममा पुगेर धुमधामका साथ आइतबार जन्मोत्सव मनाए पनि नेता रावलले भने सोमबार मात्र ट्वीटरमा जन्मदिनको शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले तेह्रथुममका धुमधाम साथ जन्मदिन मनाएका तस्वीर सार्वजनिक भएपछि उनको आलोचना समेत गरिएको छ । प्रधानमन्त्रीको जन्मदिनको केकमा नेपालको नक्सा अंकित गरिएको थियो । नेपालको नक्सा भएको केक काटेपछि सामाजिक सञ्जालमा उनको आलोचना भएको हो ।

यस विषयमा नेता रावलले पनि केही गल्तीहरु औंल्याएका छन् । उनले केक काट्ने नेपाली संस्कृति नभएको भन्दै नेपालको नक्सासहितको केक काटेकोमा प्रश्न उठाएका छन्। यस्तै समृद्धिका लागि विदेशीसँग हात पसारिरहेका बेला ठूलो रकम जन्म दिनमा खर्च गर्नु पनि ठिक नभएको उनले लेखेका छन् । नेता रावलले पार्टीको निर्णयअनुसार त यस्तो तामझामका साथ जन्म दिन मनाउनै नहुने बताएका छन्।

उनले ट्वीटरमा लेखेका छन्–

‘प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना ! यो मनन गर्नु भने उचित हुन्छ–केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन, अँझ ‘समृद्धि’ का लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैन। पार्टी निर्णयले झनै मिल्दैन।’

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ५ : २७ बजे

गगनसँगै गोपालमान श्रेष्ठ र तारानाथ रानाभाट पनि पुगे महाधिवेशनस्थल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डप काठमाडौंमा नेपाली कांग्रेसका पूर्व

चिसो बढेसँगै मुस्ताङमा पर्यटकीय रौनक घट्यो

मुस्ताङ– हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय

विभाजन होइन, कांग्रेसको एकताका लागि अघि बढिरहनेछु : डा. कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबारे भिडियो

एमालेका केन्द्रीय सदस्यहरू प्रादेशिक रुपमा चुनावी रणनीति बनाउँदै 

काठमाडौं– केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका नेकपा एमालेका केन्द्रीय

स्याङ्जाको तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता