४० हजार घुससहित सव-इन्जिनियर रौनियार पक्राउ « Khabarhub

४० हजार घुससहित सव-इन्जिनियर रौनियार पक्राउ


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार ५ सय घुससहित एक जना सव-इन्जिनियरलाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट खटिएका मादी गाउँपालिकामा कार्यरत सव-इन्जिनियर नवलेस कुमार रौनियारलाई पक्राउ गरेको हो ।

मादी गाउँपालिका वडा नं- ९ का सेवाग्राहीसँग ४० हजार ५ सय घुस लिएको सूचनाका आधारमा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

संचारमाध्यमद्वारा प्रसारित सामग्रीसमेतको आधारमा निज सव-इन्जिनियर नवलेस कुमार रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ६ : ३५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै