प्रधानमन्त्री ओलीको ‘जन्मोत्सव’मा डेढ करोड खर्च ! « Khabarhub

प्रधानमन्त्री ओलीको ‘जन्मोत्सव’मा डेढ करोड खर्च !


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन करीव डेढ करोड  खर्च भएको दाबी गरिएको छ । नेपाल सरकारका पूर्व सचिव समेत रहेका भीम उपाध्यायले करिब डेढ करोड खर्च भएको दाबी गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा विभिन्न शीर्षकमा खर्च भएको रकमको लागत जोड्दा जम्माजम्मी १ करोड ४२ लाख रुपैयाँ हिसाब निकालेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बिहान जन्मदिन मनाएका प्रधानमन्त्री ओली दिउँसो आफ्नो पुर्ख्यौली गाउँ तेह्रथुमको इवा पुगेर धुमधामसाथ जन्मोत्सव मनाए ।

बालुवाटारमा मनाएको  जन्मदिनले चर्चा नपाए पनि आठराईको कार्यक्रमको चर्चाभन्दा बढी आलोचना भएको छ । नेपालकाे नक्सा अंकित केट काटेको विषयमा पनि सामाजिक सञ्जालमा उस्तै आलोचना भएको छ ।

झापादेखि क्याटरिङ आठराईमा लगेर ६ हजारलाई भोज खुवाइएको विषय पनि सामाजिक सञ्जालमा चर्चामाछ । प्रधानमन्त्रीको जन्मोत्सवमा भएको तामझाममका भएको खर्चको विषयमा पूर्वसचिव उपाध्यायले यस्तो हिसाब निकालेका छन्-

उनका अनुसार के मा कति खर्च ?

१. उपस्थित ६ हजार जनालाई भोज (भेज प्लस नभेज)
झापादेखि क्याटरिङ– ६५० प्रति प्लेटका दरले ६ हजार जनाको ३९ लाख रुपैयाँ

२. दुई हजार थान डायरी र पेन वितरण– औसत रू ५००प्रति सेटको १० लाख रुपैयाँ

३. करिब १००० थान टोपी र ज्याकेटको औसत १५ सयप्रति सेटको १५ लाख रुपैयाँ

४. चार वटा हेलिकप्टर खर्च ( कम्तिमा एउटा हेलिकप्टरको २ लाख रुपैयाको दरले ८ लाख रुपैयाँ

५. दुई हजार थान साडी र पछ्यौरा ३ हजारका दरले ६० लाख रुपैयाँ

६. अन्य सरकारी खर्च १० लाख रुपैयाँ

प्रधानमन्त्री ओलीको जन्मोत्सवको कूल खर्च १ करोड ४२ लाख रुपैयाँ न्यूनतम रकम निकाल्दै सालाखाला करिब डेढ करोड रुपैयाँ खर्च भएको उनले दाबी गरेका हुन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ६ : ५९ बजे

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

काठमाडौं- सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

मुम्बई- गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै

काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार

दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान

गण्डकी- राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र

यात्रुको सुरक्षा सुनिश्चित गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा