कलंकीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, ९ वटा सवारी साधनमा क्षति | Khabarhub Khabarhub

कलंकीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, ९ वटा सवारी साधनमा क्षति


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको कलंकीमा ट्रकले ठक्करबाट सोमबार साँझ एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ना ६ ख २८७१ नम्बरको ट्रकले ठक्कर दिँदा चितवनको टाँडी बस्ने समशेर गुरुङको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका चार जनाकाो ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको दुर्घटनास्थलमा खटिएका प्रहरी निरीक्षक (इन्सपेक्टर) पुरुपोत्तम कार्कीले खबरहबलाई जानकारी दिए ।

ट्रक ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रकले सडकमा गुडिरहेका ९ वटा सवारी साधनलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट स्कुटर, कार, तीनवटा मोटरसाइकल, ट्याक्सीमा समेत क्षति पुगेको छ ।  ट्रकमा च्यापिएका एक जना चालकको उद्धार गरिएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तस्वीर-रोशन दानी

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ८ : ५३ बजे

रविसहितका सबै आरोपीलाई धरौटीमा रिहा गर्न आदेश

पोखरा- जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र

ऊर्जा विकास मार्गचित्र, २०८१ स्वीकृत

काठमाडौं – सरकारले ऊर्जा विकास मार्गचित्र, २०८१ स्वीकृत गरेको छ

सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा अब निःशुल्क कुकिङ कक्षा

काठमाडौं– सीजी डिजिटलले निःशुल्क कुकिङ कक्षा प्रदान गर्दै आएको छ

अनेरास्ववियुलाई ओलीको निर्देशन- एमाले कहाँ छ भन्नेहरूलाई हराएर उत्तानो पारिदिए हुन्छ

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्ववियु निर्वाचनमा

उपल्लो मुस्ताङमा एकै वर्षमा चार लाख पर्यटक

म्याग्दी– सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ