२७ लाख नगदसहित वीरगन्जमा ४ जना हुण्डी कारोबारी पक्राउ « Khabarhub

२७ लाख नगदसहित वीरगन्जमा ४ जना हुण्डी कारोबारी पक्राउ


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले फरक फरक समयमा गरी स्रोत खुल्न नसकेको झन्डै २७ लाख रुपैयाँसहित ४ जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु हुण्डी कारोबार रहेका जनाइएको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ता पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट सोमबार २ जनालाई नगद १९ लाख ७१ हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको पिप्रा पोखरीया १ घर भइ वीरगन्ज–१६ नगवा बस्दै आएका ४१ वर्षीय संजय कुमार साह र वीरगन्ज महानगरपालिका–१६ बस्ने ३० वर्षीय जयलाल महतो छन् । प्रहरीका अनुसार संजय कुमार साहको साथबाट नगद ९ लाख ७१ हजार र जयलाल महतोको साथबाट नगद १० लाख रुपैयाँ बरामद भएको थियो ।

उनीहरु बा ४८ प ६५९७ नम्बरको मोटरसाइकलमा वीरगन्जतर्फ आउँदै थिए ।

यस्तै, मंगलबार पनि नगद ७ लाख रुपैयाँसहित २ जना हुण्डी कारोबारी पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–१६ भन्सार कार्यालयको गेटबाट फरक फरक मोटरसाइकलमा रक्सौलबाट नेपालतर्फ आउँदै गरेका २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको रक्सौल डुमरिया घर भएका ३५ वर्षीय विजय कुमार ठाकुर र वीरगन्ज–१६ नगवा बस्ने ३१ वर्षीय राजु कुमार कलवार छन् । भारतीय नम्बर प्लेट बीआर–०५–एए–७२५५ को मोटरसाइकलमा रक्सौलबाट नेपालतर्फ आइरहेका ठाकुरसको साथबाट ४ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, भारतीय नम्बर प्लेट बीआर–०५–डी–५०१८ को मोटरसाइकलमा सवार राजु कुमार कलवारको साथबाट ३ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले फरक–फरक समय तथा ठाउँबाट स्रोत नखुलेको नगदसहित पक्राउ परेका चारै जनाविरुद्ध अवैध वित्तिय कारोबार (हुण्डी) शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ३ : ५३ बजे

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा