विश्व ११ विरुद्ध एसिया ११ बाट नेपालका सन्दीप लामिछानेले खेल्ने « Khabarhub

विश्व ११ विरुद्ध एसिया ११ बाट नेपालका सन्दीप लामिछानेले खेल्ने


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा हुने टी–ट्वान्टी खेलका लागि एसिया–११ को टिममा नेपालका सन्दीप लामिछानेले स्थान बनाएका छन् ।

वर्ल्ड–११ क्रिकेट टोलीसँग ढाँकामा मार्च १८ र २१ मा हुने खेलका लागि बंगलादेश क्रिकेट बोर्डले एसिया ११ को घोषणा गरेको हो ।
बंगलादेश क्रिकेट बोर्डले १४ सदस्यीय टोलीको नामको नामावलि सार्वजनिक गरेको हो ।

उक्त १४ जनाको सुचिमा नेपालका लेग स्पीनर सन्दीप लामिछानेले स्थान बनाएका हुन् । उक्त टोलीमा भारतका कप्तान विारट कोहलीसमेत रहेका छन् ।

एसिया ११ मा भारतबाट ६ जना खेलाडी रहेका छन् भने बाँकी ८ जना अन्य देशबाट रहेका छन् ।

टोलीमा सन्दीपसंगै विराट कोहली, केएल राहुल, रिसब पन्त, कुलदिप यादब, शिखर धवन, तामिम इकबाल, लिण्टन दास, मुस्फिकर रहमान छन् । यस्तै, तिसरा फरेरा, राशिद खान, मुस्ताफिजुर रहमान, लासित मालिंगा, मोहमद शामी र मुजिब उर रहमान छन् ।

भारतका कप्तान कोहली र केएल राहुलले दूई खेल मध्य मात्र एक खेल खेल्ने छन् ।

विश्व ११ को टोली

एलेक्स हल्स, क्रिस गेल, फाफ डु प्लेसिस, निकोलास पुरान, रोस लेलर, जोनी बेरिस्टो, किरन पोलार्ड, अदिल राशिद, सेल्डोन कोट्लर, लुङ्गी निग्डी, आन्द्यु टाइ, मिचेल म्याकक्लिनगान

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ४ : ३० बजे

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल