प्रहरीका तत्कालीन डीएसपी चन्द लगायत पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

प्रहरीका तत्कालीन डीएसपी चन्द लगायत पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन कार्यालय प्रमुख डीएसपी त्रिलोकवहादुर चन्दलगायत पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन डीएसपी चन्दलगायतले लेखापालहरुलाई दबाब दिई लाखौँ रुपैयाँ सरकारी रकम निकाल्न लगाई आफ्नो घर खर्च चलाउने तथा सिपाहीको नाममा नक्कली हस्ताक्षर गरी दैनिक तथा भ्रमणभत्ता निकाली आर्थिक अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

अख्तियारले जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन कार्यालय प्रमुख डीएसपी चन्द, लेखापाल प्रहरी नायव निरीक्षक माधव चन्द ठकुरी, लेखाशाखामा कार्यरत लेखा सहायकहरु प्रहरी हवल्दार टंक बहादुर मल्ल र प्रहरी जवान सर्वराज खत्रीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्ला र अन्तर्गतका प्रहरी कर्मचारीहरुको २०७२ असोज महिनादेखि २०७३ असार महिनासम्म तलब, स्थानीय भत्ता तथा राशनसमेतको भरपाईमा जोड जम्मामा फरक पारी बढी खर्च लेखेको रु. ३०,९०,५०८/५० तथा कार्यरत नै नरहेका ईश्वरी श्रीष भन्ने व्यक्तिको नाममा स्थानीय भत्ता तथा राशन भत्तामा खर्च गरेको देखिएको रु.६९,०५१/९२ समेत गरी जम्मा रु.३१,५९,५६०/४४ सरकारी रकम बदनियतपूर्वक हिनामिना गरी निकालिएको अख्तियारले जनाएको छ ।

उनीहरुले भ्रष्टाचार गरेको सप्रमाण देखिएको रु.३१,५९,५६०/४४ (अक्षरेपी एकतीस लाख उनन्साठी हजार पाँच सय साठी रुपैयाँ पैसा चौवालीस) रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ६ : ५५ बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच