दिल्ली हिंसाले लियो साप्रदायिक स्वरुप, मृतकको संख्या १३ पुग्यो | Khabarhub Khabarhub

दिल्ली हिंसाले लियो साप्रदायिक स्वरुप, मृतकको संख्या १३ पुग्यो

हरियाणा र उत्तर प्रदेशमा निगरानी उच्च


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको राजधानी दिल्लीमा नागरिकता कानूनको बिषयमा भएको हिंसाले साम्प्रदायिक स्वरुप लिएको छ ।

नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षबाट सुरु भएको प्रदर्शनले हिन्दु र मुस्लिमबीचको हिंसामा बदलिएको बीबीसीले जनाएको छ।

हिंसामा कम्तीमा १३ जनाको मृत्यु भइसकेको छ । मारिनेमा १२ जना गैह्रसैनिक हुन् भने एक जना प्रहरी छन् । कैयौँ प्रहरीसहित डेढ सय मानिस घाइते भएका छन्।

तस्वीर : रोयटर्स

पसल तथा घरहरूमा आगजनी गरिएको छ भने दङ्गाको दृश्य तथा भिडिओ नखिच्न पत्रकारहरुलाई पनि चेतावनी दिइएका छन्। कर्फ्यूका बाबजुद प्रदर्शनकारीले लाठी र ढुङ्गा बोकेर हिडिरहेका छन् भने हिन्दूविरुद्वका नारा लगाएका छन्।

तस्वीर : एएफपी

हिंसा भड्किएपछि छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणामा पनि सुरक्षा निगरानी उच्च पारिएको छ ।

सोमबार गृह मन्त्रालयमा भएको बैठकपछि भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले शान्तिको अपिल गर्दै हिंसा बढ्न नदिन सीमा नाकामा कडाइ गरिएको जानकारी दिएका छन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा भड्किएको हिंसा रोक्न थप सुरक्षा बल खटाउन केन्द्र सरकारसँग माग गरेका छन् ।

भारतले जारी गरेको नयाँ नागरीकता कानुनले भारतका तीनवटा छिमेकी मुलुक पाकिस्तान, अफगानिस्तान र बाङ्ग्लादेशबाट भागेर आएका गैरमुस्लिमहरूलाई नागरिकता दिने बाटो खुला गरेको छ।

भारत आएर बसोबास गरिरहेका ६ अल्पसंख्यक समुदाय (हिन्दू, बौद्ध, जैन, पारसी, इसाई र सिख) का मानिसहरुलाई भारतीय नागरिकता दिइए पनि मुस्लिमलाई भने नदिइने व्यवस्था भएपछि मुस्लिम समुदायले यसको बिरोध गर्दै आएका छन् ।

भारतीय संविधानको अनुच्छेद–१४ मा उल्लेखित समानताको अधिकारका विरुद्ध रहेको उक्त कानून नसच्याइएसम्म आन्दोलन जारी राख्ने मुस्लिम समुदायले चेतावनी दिदै आएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ७ : ४४ बजे

राष्ट्रियसभा बैठक बस्दै, निजामती विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक सोमबार बस्दैछ । बैठक

एससिओ शिखर सम्मेलनमा सहभागी प्रथम महिलाको जलयात्रा

थियानजिन – थियानजिन शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनमा

राज्य व्यवस्थासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा संसदीय समितिका बैठक बस्दै

सप्तकोसीमा जलसतह बढेपछि ३८ ढोका खोलियो

सुनसरी – सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय