क्याटरीनाका कारण विक्कीसँग पनि सम्बन्ध बिग्रेको हो सलमान खानको ? « Khabarhub

क्याटरीनाका कारण विक्कीसँग पनि सम्बन्ध बिग्रेको हो सलमान खानको ?


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय अभिनेत्री क्याटरीना कैफ र अभिनेता विक्की कौशल प्रेमसम्बन्धमा रहेको खबरले बलिउड गर्माएको छ । यी दुई केही इभेन्टमा एकसाथ पनि देखिएका छन् ।

बलिउडमा चर्चा चले पनि विक्की र क्याटरीना प्रेममा छन् कि छैनन् भन्नेमा दुवैले मुख खोलेका छैनन् ।

यतिबेला खबरमा अर्को खबर थपिएको छ, सलमान खान क्याटरीनाको प्रेमका कारण दिक्क छन् । त्यसो त सलमान खानलाई कोही मन परेन भने उनले फर्केर पनि हेर्दैनन् । जस्तो कि, सलमानको जोन अब्राहम, विवेक ओबराय, शाहिर कपूर, अर्जुन कपुर लगायत कैयन् सेलिब्रेटीसँग राम्रो सम्बन्ध छैन ।

अहिले गसिप बनेको छ, सलमान खान र विक्की कौशलको पनि राम्रो सम्बन्ध छैन ।

सलमान खान रणवीर कपूरसँग पनि क्याटरीनाकै कारण टाढिएका थिए । अब अहिले आएर क्याटरीनाको कारण सलमान र विक्कीको सम्बन्ध बिग्रिएको चर्चा छ ।

बलिउडमा गसिप चले पनि यसको वास्तविकताबारे कुनै सेलिब्रेटीले पनि बोलेका छैनन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ४ : १३ बजे

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति