‘पानी फोटो’ मा व्यस्त खगेन्द्र भन्छन् – म हराएको छैन, यतै छु | Khabarhub Khabarhub

‘पानी फोटो’ मा व्यस्त खगेन्द्र भन्छन् – म हराएको छैन, यतै छु


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘पशुपतिप्रसाद’ मा शीर्ष भूमिका निभाएपछि अभिनेता खगेन्द्र लामिछानेको थप चर्चा भयो । यो फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका थिए । यी निर्देशकले निर्देशन गरेको फिल्म ‘आमा’ यतिबेला प्रदर्शनरत छ ।

खगेन्द्र भने फिल्म ‘पानी फोटो’ को काममा व्यस्त छन् । यो फिल्मको छायांकन भदौमा थालिएको थियो । अहिले डबिङको काम चलिरहेको छ ।

काठमाडौं र स्याङ्जामा छायांकन गरिएको यो फिल्म खगेन्द्रले नै लेखेको नाटक ‘पानी फोटो’ मा आधारित छ । यो नाटक पुस्तकका रुपमा पनि प्रकाशित छ ।

रविन्द्र बज्राचार्य र रोजिना सिटौलाले निर्माण गरेको यो फिल्मलाई खगेन्द्र आफैले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय फिल्म पनि हो ।

यतिबेला फिल्मकै कामका लागि खटेका खगेन्द्रले केही दिनमा फिल्मबारे जानकारी गराउने बताए । ‘तपाईं त हराउनुभयो नि,’ भन्ने खबरहबको प्रश्नमा उनले भने, ‘हामी फिल्मकै काममा व्यस्त छौं, कसरी राम्रो फिल्म दिन सकिन्छ भनेर लागिपरेका छौं, यसपटक फिल्मको अलिक फरक तरिकाले प्रचार गर्ने योजनामा छौं ।’

उनले आफू नहराएको र फिल्मकै काममा लागेको पनि बताए । भने, ‘म हराएको छैन, यतै छु ।’

‘पानी फोटो’ नाटकलाई दर्शकले रुचाएका थिए । यो नाटकलाई फिल्मीकरण गर्न केही समय लागेको थियो । जनयुद्धको एक सानो कथा उठाएको यो फिल्ममा खगेन्द्रको पनि भूमिका रहनेछ भने अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा लगायतका कलाकारको शीर्ष भूमिका रहनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ४ : ४९ बजे

हक कार्यान्वयन भए मात्रै श्रमिक दिवस मनाउनुको सार्थकता : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक दिवसले राज्य र रोजगारदातालाई

श्रम सुनिश्चित गर्न सबै पक्षबीच सहकार्य  आवश्यक : सभामुख

काठमाडौं– सभामुख देवराज घिमिरेले सामाजिक सुरक्षाको सुनिश्चितता, श्रमिकहरूको सीप विकास,

गाजा युद्ध विराम भंग भएपछि ५९५ बालबालिका मारिए

गाजा- गाजाको स्वास्थ्य मन्त्रालयले १८ मार्चका दिन युद्ध विराम भंग

मजदुर दिवसले सबैमा नयाँ ऊर्जा र उत्साह भर्न सकोस् : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले ट्रेड

आज १३६औँ श्रमिक दिवस मनाइँदै

काठमाडौं– आज मे १ अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध