इस्टर्न रिजन टी–२० क्रिकेट खेल्न थाइल्याण्ड जाने नेपाली टोलीको बिदाई « Khabarhub

इस्टर्न रिजन टी–२० क्रिकेट खेल्न थाइल्याण्ड जाने नेपाली टोलीको बिदाई


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता खेल्न थाइल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरेको छ ।

बुधबार राजधानीमा पत्रकार सम्मेलनको गरी क्यानले थाइल्याण्ड जाने नेपाली टोलीको विदाई गरेको हो । कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपालले यसअघि नै १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

कप्तान मल्लले इस्टन रिजनमा च्याम्पियन बन्ने लक्ष्यसहित थाइल्याण्ड जाने बताए । उनले नेपालमा रहँदा राम्रो अभ्यास गरेको र त्यसको नतिजा थाइल्याण्डमा देखाउने बताएका छन् ।

प्रतियोगितामा नेपालसहित सिंगापुर, थाइल्याण्ड, मलेसिया र हङकङ रहेका छन् । प्रतियोगितामा नेपाल अन्य टोलीभन्दा तुलनात्मक रुपमा बलियो छ । यो प्रतियोगिता नेपाली टोलीका लागि एसिया कपको रोडम्यापका रुपमा रहेको छ।

एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको नेपालले विपक्षीसँग सम्यमित भएर खेल्ने कप्तान मल्लले बताए ।

टोलीको बिदाईमा उपस्थित भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले नेपाली टीमलाई प्रतियोगिताका लागि शुभकामना सहिद विदाई गरे ।

`प्रतियोगितामा सम्यम भएर खेल्नु होला। खेलमा हेलचेक्राइ नगर्नु होला,´ सिलवालले भने,´ एसिया कप पुग्न सहज छ। राम्रो मेहनत गर्नु पर्छ।´

उनले टोलीबाट सकारात्मक नतिजाको अपेक्षा रहेको समेत बताए । प्रतियोगिता यही फागुन १७ गतेदेखि २३ गतेसम्म हुनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ५ : ५५ बजे

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ