ग्रिएताले भेटिन शिक्षा अभियन्ता मलालालाई, तस्वीर भाइरल « Khabarhub

ग्रिएताले भेटिन शिक्षा अभियन्ता मलालालाई, तस्वीर भाइरल


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अक्सफोर्ड– विश्वका दुई प्रभावशाली अभियन्ता मलाला युसुफजाई र ग्रिएता थ्युनबेरीबीच भेटवार्ता भएको छ ।

महिला शिक्षा र मानव अधिकारवादी मलाला र मौसम परिवर्तनकी अभियन्ता ग्रिएता थ्युनबेरीले भेटवार्ता गरेका हुन् ।

२२ वर्षे मलाला युसुफजाई अहिले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा राजनीति, अर्थशास्त्र र दर्शनशास्त्रको अध्ययन गरिरहेकी छिन् । १७ वर्षे ग्रिएता थ्युनबेरी पनि मौसम परिवर्तनबारे जानकारी फैलाउन बेलायतमा छिन् ।

उनी ब्रिस्टोल शहरका विद्यालयमा यसबारे जनचेतना जगाउनका लागि आयोजित प्रदर्शनमा सामेल हुन बेलायत पुगेकी हुन् ।
यही क्रममा मलाला र ग्रिएताबीच भेट भएको छ । कम उमेरमा नै विश्वभर आफ्नो प्रभाव छाड्न सफल दुई महिलाबीचको भेटलाई निकै चासोपूर्वक हेरिएको छ ।

उनीहरुबीच अक्सफोर्ड विश्वविद्यालयको लेडी मर्गरेट हलमा भेट भएको हो । भेटका क्रममा उनीहरुबीच के विषयमा कुराकानी भएको स्पष्ट नभइसकेपनि उक्त हलका प्राध्यापकले उनीहरुबीच विज्ञान, मतदान अधिकार, विरोधको सीमा, मौसम परिवर्तन लगायतका विषयमा छलफल भएको जनाएका छन् ।

उनीहरुले फोटो समेत खिचाएका छन् । त्यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल समेत भइरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ७ : ०९ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा