परराष्ट्रविद् श्रेष्ठलगायत ६ जनालाई नइ पुरस्कार « Khabarhub

परराष्ट्रविद् श्रेष्ठलगायत ६ जनालाई नइ पुरस्कार


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नइ प्रकाशनले ६ जनालाई यस वर्षको ‘नइ पुरस्कार’ प्रदान गर्ने भएको छ ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार लक्ष्मीदेवी राजभण्डारीलाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । दुवै पुरस्कारको राशि जनही साठी हजार रुपियाँ रहेको छ ।

काठमाडौँ उपत्यका बाहिर रहेर नेपाली साहित्यमा क्रियाशील रुपन्देहीका दुर्गा पौडेललाई ‘नइ बुलु शर्मा पुरस्कार’, अपाङ्ग भएपनि नेपाली भाषासाहित्यमा सदैव समर्पित महेश थापालाई ‘नइ देरुनीख गौरव पुरस्कार’ र तेस्रोलिङ्गी सोफी सुनुवारलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ प्रदान गरिने भएको छ ।

यी तीनै पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ । मिस मङ्गोल सिविरा लामालाई २५ हजार रुपैँया राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गरिने भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको १०१ औंँ जन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते नइ पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १० : १५ बजे

फ्रान्सले दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णयप्रति इरानको आपत्ति

एजेन्सी– इरानको विदेश मन्त्रालयले दुई फ्रान्सेली कूटनीतिज्ञमाथि लगाइएको प्रतिबन्धको जवाफमा

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण