शरीरको अंगमा भएको कोठीले निर्धारण गर्छ भाग्य « Khabarhub

शरीरको अंगमा भएको कोठीले निर्धारण गर्छ भाग्य


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हस्तरेखा ज्योतिषका अनुसार व्यक्तिको शरीरमा हुने कोठीको निकै ठुलो महत्व हुन्छ । उनिहरुका अनुसार शरीरको जुन भागमा रातो कोठी हुन्छ त्यो शुभ फलदायक हुन्छ ।

तर कालो कोठीले भने अवस्था अनुसार शुभ तथा अशुभ दुबै फल दिने गर्दछ । घाटि आसपासमा पलाउने मासु (मुसा)को पनि कोठी झै महत्व हुने गर्दछ । शरीरको कुन अंगमा आउने कोठीको असर कस्तो ?

१. निधारको मध्य भागमा कोठी

हस्तरेखा ज्योतिषका अनुसार जुन ब्यक्तिको निधारको मध्य भागमा कोठी हुन्छ ति निकै भाग्यमानी हुन्छन्। हरेक क्षेत्रमा यि ब्यक्तिलाई सफलता प्राप्त हुन्छ ।

२. ओठमा कोठी

जुन स्त्री वा पुरुषको ओठ माथि दायाँतर्फ कोठी छ ति ब्यक्तिको जीवनसाथीसंगको संम्बन्ध प्रेमपूर्ण हुन्छ । तर यसको विपरीत बायाँ ओठमा कोठी भएमा जीवनसाथीसंग मतभेद हुने गर्दछ ।

३. टाउकोमा कोठी

जुन ब्यक्तिको टाउकोमा दायाँ वा बायाँ कोठी छ ति ब्यक्ति अत्यन्त धनी हुनेछन् । तर टाउको मध्य भागमा कोठी हुनेहरुले भने धन कमाए पनि भोग विलासका सुखमा खर्च गर्दछन् ।

४. छातीको बायाँतर्फ

जुन मानिसको छातिको बायाँतर्फ कोठी वा मुसा पलाएको हुन्छ ति ब्यक्तिको विवाह अधिक उमेरको नहुन्जेल हुदैन । यस्ता ब्यक्ति कामुक तथा मुटुरोगका बिरामी हुने संभावना हुन्छ ।

५. तल्लो ओठमा कोठी

जुन ब्यक्तिको तल्लो ओठमा कोठी हुन्छ ति ब्यक्ति खानपानका सौखिन हुने गर्दछन् । यस्ता ब्यक्ति आफ्नो क्षेत्रमा सफलता प्राप्त गर्न सक्दछन् ।

६. हत्केलामा कोठी

हस्तरेखा ज्योतिष अनुसार हत्केलामा कोठी हुनेहरु जीवनमा अपार सफलता प्राप्त गर्ने सार्मथ्य राख्दछन् । यिनिहरु आत्मविश्वासी हुन्छन् ।

७. औलामा हुने कोठी

हस्तरेखा ज्योतिषका अनुसार औलामा कोठी हुने ब्यक्ति विवादास्पद हुने गर्दछन् । यस्ता व्यक्तिले जती नै राम्रो काम गरे पनि जस कहिल्यै प्राप्त हुदैन ।

८. पेटमा कोठी

जुन ब्यक्तिको पेटमा कोठी हुन्छ ति व्यक्ति भोजनलाई प्रिय मान्दछन् । यदि नाइटोको बायाँ तर्फ कोठी भएमा ति ब्यक्तिमा पेटको रोग हुने संभावना हुन्छ । तर नाइटोको मुनी कोठी भएमा यौन रोगको संभावना रहन्छ ।

९. घाटिमा कोठी

जुन मानिसको घाटिमा कोठी हुन्छ त्यस्ता ब्यक्ति आवाज राम्रो हुने गर्दछ । साथै यस्ता व्यक्ति आफ्नो आवाजका कारण कमाउने र व्यावसायिक सफलता प्राप्त गर्ने हुन्छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ९ : २८ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक