कोरोनाबाट इटालीमा १२ जनाको मृत्यु, संक्रमितको संख्या ४ सय पुग्यो « Khabarhub

कोरोनाबाट इटालीमा १२ जनाको मृत्यु, संक्रमितको संख्या ४ सय पुग्यो


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटलीमा कोरोनाभाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।

सङ्क्रमितको सङ्ख्या चार सय पुगेको छ। पछिल्लो २४ घण्टामा इटलीमा सङ्क्रमितको सङ्ख्या २५ प्रतिशतले बढेको स्वास्थ्य अधिकारीहरुले जनाएको छन् ।

मङ्गलवार रातिसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३२० रहेको इटलीमा त्यो सङ्ख्या बढेर चार सय पुगेको बीबीसीले जनाएको छ ।

इटलीको उत्तरी भेग लोम्बार्डी र भेनिसनजिक रहेको भेनेटोमा कोरोनाको संक्रमण प्रभाव बढिरहेको उल्लेख छ।

संक्रमण बढेपछि यसअघि १२ वटा शहरमा आवातजावत प्रतिबन्ध गरेको इटलीले शैक्षिक संस्था,  सिनेमा हल, होटल तथा क्याफे बन्द गरिएका छन् ।

बुधवार अस्ट्रिया, क्रोएशिया, ग्रीस, नर्वे र स्विट्जरल्यान्डमा पनि कोरोनाभाइरसको पहिलो सङ्क्रमण भेटिएको बताइएको छ ।

गत डिसेम्बर अन्तिमा देखापरेको कोरोना भाइरसबाट हालसम्म ३४ राष्ट्रका ८० हजार जनाभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने  दुई हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ । मृतक अधिकांश चिनियाँ नागरिक हुन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ६ : ५० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले