कोरोनाबाट इटालीमा १२ जनाको मृत्यु, संक्रमितको संख्या ४ सय पुग्यो « Khabarhub

कोरोनाबाट इटालीमा १२ जनाको मृत्यु, संक्रमितको संख्या ४ सय पुग्यो


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इटलीमा कोरोनाभाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।

सङ्क्रमितको सङ्ख्या चार सय पुगेको छ। पछिल्लो २४ घण्टामा इटलीमा सङ्क्रमितको सङ्ख्या २५ प्रतिशतले बढेको स्वास्थ्य अधिकारीहरुले जनाएको छन् ।

मङ्गलवार रातिसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३२० रहेको इटलीमा त्यो सङ्ख्या बढेर चार सय पुगेको बीबीसीले जनाएको छ ।

इटलीको उत्तरी भेग लोम्बार्डी र भेनिसनजिक रहेको भेनेटोमा कोरोनाको संक्रमण प्रभाव बढिरहेको उल्लेख छ।

संक्रमण बढेपछि यसअघि १२ वटा शहरमा आवातजावत प्रतिबन्ध गरेको इटलीले शैक्षिक संस्था,  सिनेमा हल, होटल तथा क्याफे बन्द गरिएका छन् ।

बुधवार अस्ट्रिया, क्रोएशिया, ग्रीस, नर्वे र स्विट्जरल्यान्डमा पनि कोरोनाभाइरसको पहिलो सङ्क्रमण भेटिएको बताइएको छ ।

गत डिसेम्बर अन्तिमा देखापरेको कोरोना भाइरसबाट हालसम्म ३४ राष्ट्रका ८० हजार जनाभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने  दुई हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ । मृतक अधिकांश चिनियाँ नागरिक हुन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ६ : ५० बजे

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच शनिबार देखि

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा– अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको भन्सार

विश्व तापक्रम वृद्धि तीव्र बन्दै, समुद्री सतह लगातार बढ्दै

एजेन्सी– युरोपेली सङ्घअन्तर्गतको जलवायु निगरानी निकायले शुक्रबार विश्वका महासागरहरूको सतही

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

 काठमाडौं– सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक

मनास्लुको फेदीमा हीरक महोत्सव मनाइयो

गोरखा– मनास्लु हिमाल पहिलो पटक आरोहण गरेको स्मरणमा हीरक जयन्ती