छोरा, बुहारी र नातिसहित दुर्घटनामा परे माले महासचिव मैनाली, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी | Khabarhub Khabarhub

छोरा, बुहारी र नातिसहित दुर्घटनामा परे माले महासचिव मैनाली, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मालेका महासचिव सीपी मैनाली दुर्घटनामा परेका छन् ।

उनी सवार गाडी महोत्तरीको बर्दिबासमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर महासचिव मैनालीको टाउको र खुट्टामा चोट लागेको छ ।

झापाबाट काठमाडौं तर्फ जाँदै गरेको मनौलीसहित परिवार सवार रहेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी महासचिव मनौलीका छोरा, बुहारी, नाती र चालक समेत गरी पाँच जना घाईते भएका छन् ।

दुर्घटनामा परि मनौलीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल घाईते भएका छन् ।

दुर्घटनामा मैनाली र बुहारी पुजा गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी राजन चापागाईले जानकारी दिए ।

मैनालीको टाउको र शरीरको अन्य भागमा गम्भिर चोट लागेको छ भने बुहारीको दुवै खुट्टा भाँचिएको छ ।

गम्भिर घाईते दुवैलाई हेलिकोप्टर मार्फत काठमाडौं ल्याउने तयारी भईरहेको नेकपाका केन्द्रिय सदस्य प्रकाश पोखरेलले जानकारी दिए ।

अन्य घाईतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भईरहेको छ ।

तस्वीर: रेडियो नेपाल

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  २ : २४ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको