‘वामदेव कमरेड, नेकपाको इतिहासमा सुनौला अक्षरमा तपाईंको नाम लेख्न नमिल्ने नै भयो ?’ « Khabarhub

‘वामदेव कमरेड, नेकपाको इतिहासमा सुनौला अक्षरमा तपाईंको नाम लेख्न नमिल्ने नै भयो ?’


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने सचिवालय बैठकको निर्णय र उनलाई नलैजाने प्रधानमन्त्री केपी ओलीको चेतावनीले यतिवेला नेपाली राजनीतिक वृत्त तरंगित बनेको छ ।

प्रतिनिधि सभा निर्वाचनमा पराजित नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा बैठकमा लैजाने निर्णय केपी ओली उपस्थित नेकपाको सचिवालय बैठकले गरेको थियो । तर बैठक सकिएको केही समयमा नै ओलीले नेता माधव नेपाललाई फोन गरेर आफूमाथि घेराबन्दी गर्ने काम नेताहरुले गरेको कारण गौतमलाई राष्ट्रिय सभामा नलैजाने र अर्थमन्त्री डा युवराज खतिवडालाई नै निरन्तरता दिने चेतावनी दिएका थिए । यससँगै नेकपाको विवाद सतहमा आएको हो ।

प्रधानमन्त्री ओली बाहेक अध्यक्ष प्रचण्ड, नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायत एक पक्षमा लागेपछि ओली पनि संकटमा परेका छन् ।

यसैबीच तत्कालिन नेकपा एमालेबाट पटक पटक मन्त्री समेत रहेका पूराना कम्युनिस्ट नेता प्रदीप नेपालले वामदेव प्रकरणमा असन्तुष्टि पोखेका छन् ।

पूर्व मन्त्री नेपालले सामाजिक सञ्जाल मार्फत यसबारे असन्तुष्टि व्यक्त गर्दै गम्भीर प्रश्न समेत गरेका छन् ।

सामाजिक सञ्जालले पूर्व मन्त्री नेपालले प्रश्न गरेका छन्– ‘वामदेव कमरेड, नेकपाको इतिहासमा सुनौला अक्षरमा तपाईंको नाम लेख्न नमिल्ने नै भयो ? ’

सामाजिक सञ्जालमा कयौंले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको व्यक्तिलाई पुन सांसद बनाउन लागिएको भन्दै नेकपा नेतृत्वको आलोचना समेत गरेका छन् ।

तर प्रचण्डले भने त्यसको बचाउँ गरेका छन् ।

शुक्रवार चितवन पुगेका प्रचण्डलाई पत्रकारले सोधेका थिए, ‘चुनावमा पराजित भएका वामदेवलाई सांसद नबनाइ नहुने चाँही किन, कुन शक्तिले काम गरेको छ ?’ भन्ने प्रश्नमा प्रचण्डले चुनावमा हारजित हुन फरक पाटो रहेको र पराजित भएकालाई संसदमा ल्याउने विश्वव्यापी रुपमा हुने गरेको बताए ।

सचिवालयमा रहेका सबै सांसद रहेको तर वामदेव मात्र नभएका कारण उनलाई संसदमा ल्याउने निर्णय पार्टीले गरेको प्रचण्डको भनाइ थियो ।

प्रचण्डले सचिवालयले सर्वसम्मत गरेको निर्णयबाट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पछि हट्ने कुराको कल्पनासमेत गर्न नसकिने बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १ : २७ बजे

मनसुनी वायुको प्रभाव कायमै, विभिन्न भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

बदलिँदो युगमा नेपालले पहिल्याउनुपर्ने अबको कूटनीतिक बाटो

हालै मैले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले गत २२ देखि २६

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक