नेता रिजालको कटाक्षः बढुवा खाएको व्यक्तिले प्रमुखलाई कार्यालयबाट बाहिरिए हुन्छ भनेमा कस्तो सुनिन्छ होला ?’ | Khabarhub Khabarhub

नेता रिजालको कटाक्षः बढुवा खाएको व्यक्तिले प्रमुखलाई कार्यालयबाट बाहिरिए हुन्छ भनेमा कस्तो सुनिन्छ होला ?’


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिसभामा सिफारिस गर्ने सचिवालयको निर्णयपछि नेकपामा विवाद र ध्रुवीकरण देखिएको छ ।

गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरिएको भएपनि प्रधानमन्त्री केपी ओलीले भने अर्थमन्त्री डा युवराज खतिवडालाई नै निरन्तरता दिन चाहेका थिए र उनले वामदेवलाई राष्ट्रियसभामा नलैजाने चेतावनी अन्य नेताहरुलाई दिएका थिए ।

उनले यस्तो चेतावनी दिएसँगै नेकपाको विवाद सतहमा आएको थियो ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतले पार्टी निर्णयबाट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पछि हट्न नमिल्ने बताएका थिए ।

वरिष्ठ नेता खनालले पार्टी निर्णय मान्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्षले निर्णय कार्यान्वयन गर्नुको विकल्प नभएको बताएका थिए । केही पत्रपत्रिकामा भने उनले प्रधानमन्त्री ओलीले पार्टी निर्णय कार्यान्वयन नगर्ने हो भने उनी हट्नु पर्ने बताएको समाचारहरु सार्वजकि भएको थियो ।

नेता खनालको यस्तो धारणा आइरहँदा नेकपाका नेता एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले भने ‘वरिष्ठताका आधारमा बढुवा भएको व्यक्तिले कार्यालय प्रमुखलाई नै कार्यालयबाट बाहिरिए हुन्छ भनेझै’ भन्दै टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा नेता रिजालले कसैको पनि नाम उल्लेख नगरि ‘वरिष्ठताका आधारमा’ मा बढुवा खाएको व्यक्तिले नै छ महिनाको परीक्षण काल पनि समाप्त नहुँदै कार्यालय प्रमुखलाई नै ‘तपाईं यस कार्यालयबाट बाहिरिए हुन्छ’ भनेमा कस्तो सुनिन्छ होला ?’ भन्दै प्रश्न गरेका छन् ।

पार्टी वरियतामा पार्टी अध्यक्षहरु दोस्रो बरियतामा नेता नेपाल र तेस्रो बरियतामा झलनाथ खनाल थिए । तर तेस्रो नम्बरमा रहेका नेता खनालले आफ्नो बरियता मिचिएको भन्दै असन्तोष व्यक्त गरेपछि सचिवालय बैठकले उनलाई बढुवा गर्दै वरिष्ठ नेता बनाएको थियो भने नेता नेपाल घटुवामा परेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  २ : २७ बजे

आधाभन्दा धेरै कर्मचारीले पोर्चुगलमा सम्पत्ति जोडे : पाकिस्तानी रक्षामन्त्री आशिफ

काठमाडौं– पाकिस्तानका रक्षामन्त्री ख्वाजा आशिफले आफ्नो मुलुकको कर्मचारीतन्त्रको चर्को आलोचना

बाल्यकालमा करिश्माले काखमा लिएपछि वर्षामा जागेको कलाको भोक

काठमाडौं – खोज्ने हो भने काठमाडौंको हरेक घर र कोठामा

काठमाडौं महानगरको नगर शिक्षा समिति बैठक सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगर शिक्षा समितिको बैठक २०८२ साउन २८

ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज फाइनलमा

फुङ्लिङ– चर्च ब्वाइज क्लब ललितपुर यहाँ जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण