हल्लामै सकियो अनमोल र साराको अफेयर? « Khabarhub

हल्लामै सकियो अनमोल र साराको अफेयर?


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्युट नायिका सारा सिर्पालीका लागि ब्याड लक भन्नुपर्छ, उनले खेलेका तीनवटै फिल्मले व्यावसायिक रुपमा सफलताको स्वाद चाखेनन् । एक्सन स्टार निखिल उप्रेतीको फिल्म ‘रुद्र’ मार्फतमा नेपाली फिल्ममा डेब्यु गरेकी साराले ‘पिंजडा ब्याक अगेन’ मा काम गरिन् । त्यो असफल भएपनि तेस्रो चलचित्र ‘सुश्री सम्पत्ति’ सफल हुनेमा विश्वस्त थिइन् ।

तर, फिल्म रिलिज भइसक्दा थाहा भयो, फिल्ममा साराको भूमिका त गेस्ट रोलजस्तै रैछ । यो फिल्मले पनि सारालाई राहत दिलाउन सकेन । किनकि, फिल्म फ्लप भयो ।

‘सुश्री सम्पत्ति’ को प्रचारका बेला निकै हल्ला चल्यो – सारा र अनमोल केसी एकअर्काको प्रेममा छन् ।

दुवैले मिडियामा आएका समाचारको खण्डन गरे । आफूहरु राम्रो साथी भएको तर प्रेममा नरहेको दाबी गरे । त्यतिबेला लामो समय गसिप बनेका उनीहरु अहिले भने चर्चामा छैनन् । फिल्म ‘सुश्री सम्पत्ति’ व्यावसायिक रुपमा असफल भएपछि साराको पनि खासै चर्चा छैन । अनमोल भने यतिबेला ‘क्याप्टेन’ को प्रचार र प्रमोसनमा व्यस्त छन् । अर्कातिर उनी फिल्म ‘ए मेरो हजुर ३’ मा पनि व्यस्त छन् ।

अहिले अनमोल र साराको प्रेमको चर्चा पूर्णत सेलाएको छ । अब यी दुईबीच प्रेम छ या हल्लामै सीमित हो भन्ने त पक्कै समयले देखाउला तर त्यो हल्लाले साराको फिल्म प्रचारका लागि त राम्रै फाइदा पुगेको रहेछ भन्ने अनुमान लगाउन भने सकिन्छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : २७ बजे

असिनाले फलफूल र तरकारी बालीमा क्षति

गण्डकी– असिनाका कारण पोखराका विभिन्न भू-भागमा तरकारी तथा फलफूल खेतीमा

एन्फा गेट अगाडि क्लबहरूको नाराबाजी :मनपरी तालिका मान्य छैन

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै सार्वजनिक गरेको

आँबुखैरेनीद्वारा सात लाखको छात्रवृत्ति वितर

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२-८३ को नीति तथा

होर्मुजको सुरक्षामा सहयोग भए–नभए पनि हामी सम्झिरहनेछौँ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू मार्गको सुरक्षाका लागि सहयोगी

इनिशा बिकलाई न्याय माग्दै दलित जेन-जी अलाइन्सको खबरदारी (तस्बिरहरू)

काठमाडौं– इनिशा बिकको सामूहिक बलात्कारपछि हत्याको विरुद्धमा काठमाडौँको माइतीघर मण्डलामा