बिहानै शंख बजाउँदा हुने ११ फाइदा | Khabarhub Khabarhub

बिहानै शंख बजाउँदा हुने ११ फाइदा


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दुधर्ममा शंख वा शंखध्वनीको निकै धेरै महत्व छ । बिहानको पूजापाठ होस् वा कुनै धार्मिक कार्यक्रम विना शंखध्वनी अधुरो हुन्छ । तर शंख किन बजाइन्छ ? र यसको फाइदा के होला ? यसबारे भने धेरैलाई जानकारी नहुन सक्छ ।

शंख बजाउनुको खास अर्थ, महत्व र फाइदा छ । शास्त्र अनुसार समुन्द्र मन्थनका बेला चौध रत्न प्राप्त भएको थियो । जसमध्ये शंख एक थियो ।

सोहि बेलाबाट हिन्दु धर्ममा शंखको खास महत्व रहन गएको हो । शंखलाई माता लक्ष्मी र भगवान विष्णुले धारण गरेका छन् । शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने तथा धर्तीलाई जागृत गराउँने मान्यता रहेको छ ।

अरु के के छन् त शंख राख्नु र बजाउनुको फाइदा :

१. शंख घरमा राख्नु वा बजाउनु शास्त्र अनुसार शुभफलदायक हुन्छ ।
२. शंख बजाउँदा पैदा हुने ध्वनीले वातावरणमा रहेको हानिकारक जीवाणु नष्ट हुन्छ ।
३. शंख बजाउँनेहरुको फोक्सोको व्यायाम हुन्छ । यसले फोक्सोमा लाभ दिलाउँछ ।
४. दमका रोगीलाई पनि शंख बजाउँनु लाभदायक हुन्छ ।
५. शंखमा पानी संचित गरेर त्यसलाई पिएमा शरीरमा क्याल्शियम, फस्फोरस प्राप्त हुन्छ ।
६. शंखबाट प्राप्त हुने तत्वले हड्डी तथा दाँतमा लाभ पुर्याउँछ ।
७. वास्तु अनुसार शंखमा घरमा सकारात्मक उर्जा प्रवाह गर्ने शक्ति हुन्छ ।
८. कब्जियत हुनेहरुले शंखमा पानी भरेर बिहान खाली पेटमा सेवन गरे कब्जियत निको हुन्छ ।
९. एक रात शंखमा राखेको पानीले आँखा धोएमा आँखाको रोगबाट मुक्ति मिल्छ ।
१०. शंखमा राखिएको पानीले अनुहारमा मसाज गर्दा प्राकृतिक चमक आउँछ ।
११. शंखमा राखिएको पानीमा गुलाबजल मिसाएर कपाल धोएमा बलियो, मुलायम र बाक्लो हुन्छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ६ : ०० बजे

मुल्तानी माटो एक, अनुहार, छाला र कपाललाई फाइदा अनेक

काठमाडौं– गर्मीयाममा पिम्पल, दाग, छालामा फुस्रो हुने, चिलाउने जस्ता समस्या

सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी

इटहरी– यहाँको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता दुईजनाको खोजी

नेप्से प्रमुखको अग्निपरीक्षा, पूरा होलात लगानीकर्ताको सपना ?

काठमाडौं– धेरै समयको रस्साकस्सीपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी

भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको

सामाजिक रुपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा गरिबी, पछौटेपन,