विकास र समृद्धि नेपाली जनताको हातमा छ : मुख्यमन्त्री राई « Khabarhub

विकास र समृद्धि नेपाली जनताको हातमा छ : मुख्यमन्त्री राई


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वर्तमान अवस्थामा नेपाली जनता स्वयं सार्वभौम रहेका कारण अहिले देशको विकास र समृद्धि पनि नेपाली जनताको हातमा रहेको बताएका छन् ।

आज उदयपुर जिल्लाको रौतमाई गाउँपालिकास्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल रौता पोखरी क्षेत्र आसपासमा रणसार्दूल गण नेपाली सेनाद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा राईले विकसित मुलुकमा हिजोको इतिहास हेर्दा शुरुमा उनीहरुले हातेमालो गरेर नै आज विकासित बन्न पुगेको बताए ।

मुख्यमन्त्री राईले नेपालमा पनि धेरै साधनस्रोत रहेका कारण जनताले हातेमालो गरेर अगाडि बढे नेपाल १० वर्षभित्र दक्षिण एशियाको समृद्ध राष्ट्र बन्न सक्ने जिकिर गरे ।

सरकारको मात्र मुख ताक्नुभन्दा जनताले पनि हातेमालो गरेर अगाडि बढ्न प्रयास गर्दै सरकारलाई सहयोग गरे नेपालमा विकासले फड्को मार्ने उनको भनाइ थियो । नेपाली सेनाले सरकारलाई देशको सुरक्षा गर्न र विकास गर्न ठूलो सहयोग गरिरहेको भन्दै सेनाको विकास कार्यको मुख्यमन्त्री राईले खुलेर प्रशंसा गरे ।

कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाले नेपाली सेना देश र नेपाली जनताको साझा सेना भएको कारण देशको रक्षा गर्न र देश विकासमा जनता र सरकारलाई सहयोग गर्दै आएको भन्दै जहिल्यै पनि विकासमा हातमालो गर्न सेना तयार रहेको बताए ।

आज नेपाली सेनाको संयोजकत्वमा उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौता क्षेत्रको ५०० रोपनी क्षेत्रफल जग्गामा नेपाली सेनाले छ हजार ३०० बिरुवा रोपेर रौता क्षेत्रलाई हरितकण विकासमा अगाडि बढाएको सेनाले बताएको छ ।

रौतामा गरिएका वृक्षारोपणका बिरुवामा नास्पाति, तेजपात र टिम्मुर प्रजातिका बिरुवा रहेको नेपाली सेना रणसार्दूल गण गाईघाट बोक्सेका प्रमुख भैरवबहादुर थापाले बताए।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ९ : १९ बजे

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४