लिप इएर : कसरी २९ तारिखको भयो फेब्रुअरी « Khabarhub

लिप इएर : कसरी २९ तारिखको भयो फेब्रुअरी


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्वी संवत्का अरु महिनाभन्दा फेब्रुअरी बिल्कुल फरक छ ।

बाँकी सबै महिनाहरु ३० वा ३१ दिनसम्मको हुने भएपनि फेब्रुअरी चाहीँ प्रायः २८ दिनको मात्र हुन्छ । तर हरेक ४ वर्षमा एक दिन थपिएर फेब्रुअरी २९ दिनको महिना बन्न पुग्छ ।

यो वर्ष पनि त्यस्तै संयोग परेको छ । यो वर्ष फेब्रुअरी महिना २९ दिनको छ ।

इस्वी संवतमा जनवरी, मार्च, मे, जुलाई, अगष्ट, अक्टोबर र डिसेम्बर गरी ७ महिनाहरु ३१ दिनका हुन्छन् ।

४ महिनाहरु भने ३० दिनका हुन्छन् । फेब्रुअरी महिना २८ औं दिनपछि सकिन्छ । यसरी एक वर्षमा ६६५ दिन पूरा हुन्छ ।

तर, एक वर्ष ३६५ दिन ६ घण्टाको हुन्छ । सामान्यतः ३६५ दिनलाई आधार बनाएर इस्वी संवत् प्रचलनमा आएपनि बाँकी रहेको ६ घण्टाको हिसाब गर्न अफ्ठ्यारो पर्छ ।

४ वर्षमा ६–६ घण्टाको हिसाब गर्दा ठीक २४ घण्टा अर्थात् एक दिन हुन आउँछ । सोही अनुसार ४ ले भाग जाने हरेक वर्षको फेब्रुअरी महिनामा यही एक दिन थपेर यो हिसाब मिलान गरिन्छ ।

सन् २०२० पनि ४ ले भाग जाने महिना भएकाले यो वर्ष पनि लिप इयर पर्न गएको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ९ : ५० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल