पुलवामा आक्रमणका महत्वपूर्ण अभियुक्त पक्राउ « Khabarhub

पुलवामा आक्रमणका महत्वपूर्ण अभियुक्त पक्राउ


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– गत वर्ष ४० जना भारतीय अर्धसैनिक बलको ज्यान जानेगरी भएको आत्मघाती बम आक्रमणको अनुसन्धानको सिलसिलामा एकजना महत्वपूर्ण अभियुक्त पक्राउ परेका छन् ।

उक्त आक्रमणमा संलग्न अभियुक्त शाकिर बसिर मग्रेलाई भारतको राष्ट्रिय अनुसन्धान निकाय एनआईएले पक्राउ गरेको हो ।

पाकिस्तानमा आधारित रही कश्मीर र भारतका अन्य क्षेत्रमा बारम्बार आतंककारी आक्रमण गर्दै आएको जैश ए मोहम्मद समूहमा आबद्ध उनले आत्मघाती आक्रमणकारी अदिल अहमद दारलाई आवास र अरु सहयोग गरेका थिए ।

पुलावामाकै काकपोरामा बसोबास गर्ने उनले फर्निचर पसल चलाउँदै आएको भारतीय अधिकारीले जनाएका छन् ।

उनलाई पाकिस्तानी आतंककारी मोहम्मद उमर फारुखले पुलवामा आक्रमणका आत्मघाती आक्रमणकारी अदिल अहमद दारसँग सन् २०१८ मा परिचय गराएका थिए ।

प्रारम्भिक बयानका क्रममा उनले पुलावामा आक्रमणसहित विभिन्न समयमा जैश ए मोहम्मदका आतंककारीहरुलाई हतियार, गोलिगठ्ठा, विष्फोटक पदार्थ र पैसा संकलन गरी बुझाउने गरेको खुलासा गरेका छन् ।

त्यस्तै, बयानकै क्रममा उनले अदिल अहमद दार र मोहम्मद उमर फारुखलाई सन् २०१८ देखि आक्रमणको मितिसम्म आवास प्रदान गरेको र विष्फोटक पदार्थ बनाउन सहयोग गरेको पनि खुलासा गरेका छन् ।

त्यसबाहेक आक्रमणका बेला प्रयोग गरीएको कार बम बनाउन मारुतीको इको कारलाई मोडिफाई गर्नमा समेत उनको हात थियो ।

अनुसन्धानका क्रममा उक्त आक्रमणमा एमोनियम नाइट्रेट, नाइट्रो ग्लिसिरिन र आरडिएक्सको प्रयोग भएको थियो भने डिएनए परीक्षणबाट आक्रमणकारी आदिल अहमद दारको पनि पहिचान भएको थियो ।

अनुसन्धानबाट उक्त आक्रमणमा दक्षिणी कश्मीरका लागि जैश ए मोहम्मदका कमाण्डर मुदस्सर अहमद खान, पाकिस्तानी आतंककारीहरु मोहम्मद उमर फारुख, बम बनाउन सिपालु कमरान, बम राखिएको कारका धनी सजाद अहमद भट र कश्मीरका लागि जैश ए मोहम्मदका कमाण्डर करी यासीर को पनि संलग्नता खुलेको थियो ।

ती सबैको भारतीय सैनिकको सुरक्षा कारवाहीमा विभिन्न समयमा ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  १ : ५९ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ