विदाको दिन सरकारी मोटरसाइकल चलाएको भन्दै फेसबुक लाइभ, ट्राफिकले कारवाही गरेको भिडियो भाइरल | Khabarhub Khabarhub

विदाको दिन सरकारी मोटरसाइकल चलाएको भन्दै फेसबुक लाइभ, ट्राफिकले कारवाही गरेको भिडियो भाइरल


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालमा आज(शनिवार) एउटा भिडियो भाइरल बनेको छ ।

शनिवार(आज) सार्वजनिक विदाका दिन एक जना व्यक्तिले सरकारी नम्बर प्लेटको मोटरसाइकल सिकेको भन्दै उत्तम कार्की नाम गरेका सामाजिक सञ्जाल प्रयोगकर्ताले सामाजिक सञ्जालमा लाइभ गरेका थिए ।

चन्द्रागिरी नगरपालिकाको एक प्लानिङमा एक घन्टा भन्दा लामो समयदेखि विदाको दिन सरकारी मोटरसाइकल सिकिरहेको फेला परेपछि उनले ट्राफिक प्रहरी र प्रहरी वृत्त थानकोटमा खबर गरेको लाइभमा जनाएका थिए ।

बा २ ब ५२१७ नम्बरको सरकारी मोटरसाइकल सिकिरहेका व्यक्तिलाई रोक्न लगाएर कार्कीले चालकका बारेमा सोधपुछ गरेका थिए भने कारवाहीका लागि ट्राफिक प्रहरीलाई कुरेका थिए ।

सरकारी सम्पत्तिमा लुट मच्चाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आक्रोश पनि पोखेका छन् ।

केहीबेरपछि ट्राफिक प्रहरी मोटरसाइकल सिकिरहेको स्थानमा आइपुग्छ ।

सरकारी मोटरसाइकल चलाइरहेका व्यक्तिसँग धादिङको धुनिवेशी नगरपालिकाको परिचय पत्र रहेको हुन्छ ।

विदाको दिन मोटरसाइकल सिक्ने व्यक्ति धुनिवेशी नगरपालिकाका लेखापाल नृप राउत रहेछन् ।

उनी अछाम साफेबगर नगरपालिका २ स्थायी वासिन्दा रहेको उनले प्रहरीलाई देखाएको परिचयपत्र उल्लेख गरिएको छ ।

ट्राफिक प्रहरीले चालकमाथि आवश्यक कारवाही गर्ने जानकारी दिएका छन् ।

‘सवारी थानकोट प्रहरी वृत्तमा जान्छ, त्यसपछि आवश्यक कारवाही हुन्छ’ प्रहरीले भनेका छन् ।

तर चालक राउतसँग भने चालक अनुमति पत्र(लाइसेन्स) पनि छैन । उनले उक्त मोटरसाइकल धुनिवेशी नगरपालिकाको नभएर मामाको रहेको बताउँछन् । तर उनले आफ्ना मामाको नाम भन्न इन्कार गर्छन् भने मामा कार्यरत सरकारी कार्यालय पनि सही रुपमा भन्न सक्दैनन् ।
‘राजश्व’ हो कि ? उनी द्वीविधामा पर्छन् ।

तपाईं हामीले तिरेको करमा यसरी लुटतन्त्र र मनपरीतन्त्र चलाउन पाइन्छ ? सामाजिक सञ्जालमा लाइभ गर्दै कार्कीले प्रश्न गर्छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ५ : ०९ बजे

म्याग्दे गाउँपालिकाका ६६ श्रमिक मजदुर कोषमा सूचिकृत

दमौली– जिल्लाको म्याग्दे गाउँपालिकाले ६६ श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको

‘खर्बपति’ ट्रम्पसँग भिडेका ‘नीलपति’ मस्क जोगिएलान् ?

शीर्ष धनाढ्यहरूको सूची र सम्पत्ति अध्यावधिक गर्ने गरेको फोर्ब्स म्यागाजिनका

वैज्ञानिक आधारमा खाद्य स्वच्छताको सुनिश्चितता गरिन्छ : कृषिमन्त्री 

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वैज्ञानिक आधारमा खाद्य

स्पेनको वृद्धाश्रममा आगलागी : एक जनाको मृत्यु, १९ घाइते

काठमाडौं– स्पेनको उत्तरपूर्वी सहर जारागोजास्थित एक वृद्धाश्रममा शुक्रबार राति आगलागी

सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजी जारी

धरान– विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशी नदीमा बेपत्ता भएका