शिक्षामा सुधार नगरेसम्म देशमा समृद्धि आउँदैन : नेता कोइराला | Khabarhub Khabarhub

शिक्षामा सुधार नगरेसम्म देशमा समृद्धि आउँदैन : नेता कोइराला


१७ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारी विद्यालयको गुणस्तर सुधार नगरेसम्म देशमा समृद्धि नआउने बताएका छन् ।

मोरङको बरगाछीस्थित गोग्राहा माध्यमिक विधालय विराटनगरमा शनिवार आयोजित पूर्वविधार्थी भेलामा उनले शिक्षाको विकास नगरी देशमा सोचे अनुसारको सफलता हासिल नहुने कुरामा जोड दिए ।

उनले समृद्धिको यात्रामा सरकारले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन आमूल परिवर्तन गर्नुपर्ने धारणा पनि राखे ।

भेलामा विद्यालयले पूर्वप्रधानाध्यापक सुश्री मीना जोशी, ज्ञानबहादुर बुढाथोकी र दुखाराम गच्छदारलाई सम्मान गरेको थियो ।

भेलाले पूर्वविद्यार्थी शेखर रेग्मीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । विद्यालय विसं २००९ मा स्थापना भएको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ८ : १४ बजे

फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने

मोरङबाट च्यासललाई चुनौती दिएपछि थापागाउँमा उत्साहित देखिएकी विद्या

काठमाडौं – काठमाडौंको थापागाउँस्थित तीन तले घरको प्राङ्गण बिहीबार दिउँसो

फिल्म ‘जारी २’को सहकार्यमा १० सहरमा कन्सर्ट गर्दै झुमा लिम्बू

काठमाडौं – असोज ३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

गोरखा– उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको