असिनाले हिउँदेबाली नोक्सानी किसान चिन्तित | Khabarhub Khabarhub

असिनाले हिउँदेबाली नोक्सानी किसान चिन्तित


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासी परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्रामा नोक्सानी पुर्‍याएको छ ।

पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले भने, ‘साँझ एकाएक परेको असिनाले यहाँका गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप पार्‍यो ।’

सो गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले करिब आधा घण्टा असिना परेको र कति क्षति पुर्‍यायो भन्ने आँकलन नभएको जानकारी दिए ।

असिनाले पाकेर भित्र्याउनै लागेको हिउँदे बालीमा नोक्सान गरेपछि त्यहाँका किसान चिन्तामा परेका छन् । जिल्लाका लेकाली क्षेत्रमा ती खेतीको भरमा आश्रित किसान असिनापानीले फुलेको तोरी र पाक्नै लागेको गहुँ, जौँखेतीमा क्षति पुर्‍याएपछि निरास भएको स्थानीय भरतबहादुर बोहराले बताए।

उनले भने, ‘असिनाले किसानलाई निकै समस्या पार्‍यो ।’ गएको महिना बाक्लो हिमपात भएका कारण गहुँ, जौँलागयतका अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसान शनिबार परेको असिनाले पाक्नै लागेको खाद्यान्न बालीमा क्षति पुर्‍याएपछि निरास भएका छन् ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले पूर्वीचौकी गाउँपालिका सहित अन्य स्थानमा असिनाले कहाँ के–कति क्षति पुर्‍याएको छ जानकारी लिने काम भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ६ : २२ बजे

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको

मधेश सरकार गठनविरुद्ध सात राजनीतिक दलको आन्दोलन जारी

काठमाडौँ- मधेस प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आइतबार

प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने