संसदमा देउवाको प्रश्न : ७० करोड बार्गेनिङमा बाँस्कोटाले हामी भनेर कसलाई भनेका हुन् ? « Khabarhub

संसदमा देउवाको प्रश्न : ७० करोड बार्गेनिङमा बाँस्कोटाले हामी भनेर कसलाई भनेका हुन् ?


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भएको ७० करोड रुपैयाँको बार्गेनिङमा छानविन किन नभएको भन्दै संसदमा प्रश्न उठाएका छन् ।

देउवाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक भएको एक साता सम्म पनि छानविन नहुनु गम्भीर विषय भएको बताए ।

संसदमा देउवाले यसो भने–

कोरोना भाइरस ५० भन्दा धेरै देशमा फैलिइसकेको छ । डव्लूएचओले नेपाल उच्च जोखिममा रहेको जनाइसकेको छ । अत सरकारलाई यसबारेमा आवश्यक सम्पूर्ण प्रवन्ध गर्न आग्रह गर्दछु । 

स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली दाजूभाइ तथा दिदी वहिनीलाई कोरोनाको संक्रमणबाट जोगिन विशेष सतर्कताको लागि अपिल गर्दछु ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा सञ्चारमन्त्रीले ७० करोड कमिसन मागिएको अडियो सार्वजनिक भएको एक हप्ता पुइसक्दा पनि छानवीन शुरु नहुनेको पछाडि के नियत ? र यो नियत गम्भीर छ । 

सञ्चारमन्त्रीले हामीलाई कति आउँछ भनेर सोधेको प्रस्ट सुनिन्छ । प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, हामी भनेर कसलाई भनिएको हो र हामी भित्र को को पर्दछन् प्रस्ट गर्नुहोस् । 

त्यो अडियोको छानवीन निकायले छानवीन गर्नुभन्दा पहिला प्रधानमन्त्रीले त्यो अडियो नक्कली भन्नुभयो, त्यसले छानवीन प्रभावित हुन्छ कि हुँदैन । 

छानवीन हुनु भन्दा पहिला नै तपाईले निर्णय दिनुभयो भने तपाईको बोलिको विश्वसनियता कमजोर भएन ?

त्यस्तै नेपाल ट्रस्टको स्वेतपत्र अडियो प्रकरणबाट ध्यान मोड्ने प्रयत्न मा भएको हो । गोकर्ण रिसोर्ट लिज प्रकरणमा ध्यान मोड्ने प्रयास भएको छ । 

नेपाल टेलिकमको प्रकरणमा अरबौं भ्रष्टाचार भएको कुराहरु आएको छ । एनसेलले ४ अर्बमा सकेको काम एनटीसीलाई १२ अर्ब कसरी लाग्यो ?

म प्रधानमन्त्री भएको बेलामा मेरो प्रत्यक्ष संलग्नतामा नेपाल ट्रसटको जग्गा लीज सम्बन्धी कुनै निर्णय छैन । राजनीतिक पूर्वाग्रहबस मेरो नाम कहि पनि जोड्ने षड्यन्त्रप्रति मेरो आपत्ति छ । 

पेट्रोलियम पदार्थमा कर बढाएर करको भार बढाउने काम गरेको छ सरकारले ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १ : ४६ बजे

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल

कास्की प्रहरीद्वारा एकैदिनमा २७ फरार प्रतिवादी पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीले आज जिल्लाका विभिन्न स्थानबाट

दोस्रो आर्थिक गणना : वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनामा देशभर गत

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम

काठमाडौं महानगरद्वारा एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने