चीन र कोरियाबाट नेपाल आएका दुई जना कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना « Khabarhub

चीन र कोरियाबाट नेपाल आएका दुई जना कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको आंशकामा दुई जना व्यक्तिलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

कोराना भाइरसको लक्षण देखिएको भन्दै आफै अस्पताल आइपुगेका एक नेपाली र एकजना चिनिया नागरिकलाई शुक्रराज अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले खबरहबलाई बताए ।

भर्ना भएका दुईजना पुरुष मध्ये एक नेपाली युवा दक्षिण कोरियाबाट स्वेदेश फर्किका र अर्का एक चीनबाट नेपाल आएका चिनियाँ पर्यटक रहेका छन् ।

‘आज हाम्रो अस्पतालमा दुई जनालाई आइसोलेसनमा राखिएको छु, दुईजना पुरुषहरुलाई कोरोनाको आशंकामा भर्ना गरिएको छ,’ डाक्टर बास्तोलाले भने, ‘उहाँहरु एकजना दक्षिण कोरियाबाट फर्किएका नेपाली र अर्को चिनबाट नेपाल आएका चिनियाँ नागरिक हुन् ।’

अस्पतालले उनीहरुको नमूना समेत लिएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको अस्पतालका प्रवक्ता डा बास्तोलाले बताए । डा बास्तोलाका अनुसार उनीहरुको कोरोना भाइरसको परीक्षणको नतिजा भोलि आउने छ ।

सरकारले कोरोना भाइरसको आशंकामा चीनबाट स्वदेश फर्काइएका १ सय ७५ जना नेपालीसहित हालसम्म २ सय ४२ जनाको कोरोना भाइरसको प्रयोगशाला माफर्तत परीक्षण गरिएको छ ।

हालसम्म एक जनामा मात्र कोरोना भाइरस पाजेटिभ देखिएको र ती व्यक्तिको पनि सफल उपचार भइसकेको स्वास्थ्य मन्त्रालयको दाबी छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ६ : ३३ बजे

नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक

बागमती– हेटौँडा उपमहानगरपालिकाले आगामी साउन १ गतेदेखि नदीजन्य पदार्थ बिक्री

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल

मनीष झाको प्रश्न- ‘यस्तो बचपनले राजकाज चल्छ ?’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनीष

त्यो असारजस्तो किन छैन यो असार ?

ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीतल जलकणले सिञ्चित गर्दै आउने

कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर– कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै जिल्लामा