टर्कीले दुई सिरियाली लडाकु विमान खसाल्यो | Khabarhub Khabarhub

टर्कीले दुई सिरियाली लडाकु विमान खसाल्यो


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्टाक्या– सिरियाले टर्कीले आफ्ना दुई लडाकु विमान खसालेको जनाएको छ । सिरियाको सरकारी समाचार संस्था सानाले जनाएअनुसार मुलुकको उत्तरपश्चिमी क्षेत्रमा टर्किस सेनाको कारवाहीमा आफ्ना दुई लडाकु विमान खसेको जनाएको हो ।

केही दिनअघिमात्रै सिरियाको इडलिब प्रान्तमा सिरियाली सेनाको कारवाहीमा ३३ टर्किस सैनिक मारिएपछि टर्की र सिरियाबीच तनाव उत्कर्षमा पुगेको छ । यसअघि आइतबारमात्र टर्कीले सिरियाली लडाकु विमान खसालेको दाबी गरेको थियो । यद्यपि पछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उक्त विमान सिरियाली वायुसेनाको नभई टर्कीकै चालकरहित ड्रोन भएको जनाएका थिए ।

टर्किस समाचार संस्थाहरुले टर्कीको आक्रमणमा उक्त ड्रोन खसाल्न प्रयोग भएको सिरियाली हवाई प्रतिरक्षा प्रणाली समेत ध्वस्त बनाएको जनाएका छन् ।

सिरियाली सरकारविरुद्ध युद्धरत विद्रोहीलाई सहयोग गर्नका लागि तैनाथ ३३ टर्किस सैनिक सिरियाको इडलिब प्रान्तमा सिरियाली वायुसेनाले गरेको कारवाहीमा मारिएका थिए । उक्त आक्रमणमा अरु २९ टर्किस सैनिक घाइते भएका थिए ।

यसअघि टर्कीका रक्षामन्त्री हुलुसी अकारले सिरियाविरुद्ध ‘अपरेसन स्प्रिङ शिल्ड’ नामक सैनिक कारवाही थालेको घोषणा गरेका थिए । उनी यतिबेला सिरियाको इडलिब प्रान्तसँग सीमा जोडिएको हाते प्रान्तमा रही सिरियामा टर्किस सैनिक आक्रमणको कमाण्ड गरिरहेका छन् ।

पछिल्लो सैनिक कारवाहीका क्रममा टर्कीले एउटा सैनिक ड्रोन, ८ वटा हेलिकोप्टर, १०३ ट्यांक, ७२ वटा लामो दूरीसम्म मार हान्न सक्ने हतियार, ३ हवाई रक्षा प्रणाली सिरियाली भूमिमा प्रयोग गरिएको टर्कीको अनादोलु समाचार संस्थाले जनाएको छ । टर्कीको सैनिक कारवाहीका क्रममा हालसम्म सिरियाली सेनाका २,२१२ सैनिकलाई परास्त गरिसकिएको टर्कीको दाबी छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ६ : ५८ बजे

विदेशी नागरिकले नजिकै तैनाथ सुरक्षाकर्मीसँग सम्पर्क गर्नुस्‌ : सेना

काठमाडौँ – नेपाली सेनाले विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)