टर्कीले दुई सिरियाली लडाकु विमान खसाल्यो « Khabarhub

टर्कीले दुई सिरियाली लडाकु विमान खसाल्यो


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्टाक्या– सिरियाले टर्कीले आफ्ना दुई लडाकु विमान खसालेको जनाएको छ । सिरियाको सरकारी समाचार संस्था सानाले जनाएअनुसार मुलुकको उत्तरपश्चिमी क्षेत्रमा टर्किस सेनाको कारवाहीमा आफ्ना दुई लडाकु विमान खसेको जनाएको हो ।

केही दिनअघिमात्रै सिरियाको इडलिब प्रान्तमा सिरियाली सेनाको कारवाहीमा ३३ टर्किस सैनिक मारिएपछि टर्की र सिरियाबीच तनाव उत्कर्षमा पुगेको छ । यसअघि आइतबारमात्र टर्कीले सिरियाली लडाकु विमान खसालेको दाबी गरेको थियो । यद्यपि पछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उक्त विमान सिरियाली वायुसेनाको नभई टर्कीकै चालकरहित ड्रोन भएको जनाएका थिए ।

टर्किस समाचार संस्थाहरुले टर्कीको आक्रमणमा उक्त ड्रोन खसाल्न प्रयोग भएको सिरियाली हवाई प्रतिरक्षा प्रणाली समेत ध्वस्त बनाएको जनाएका छन् ।

सिरियाली सरकारविरुद्ध युद्धरत विद्रोहीलाई सहयोग गर्नका लागि तैनाथ ३३ टर्किस सैनिक सिरियाको इडलिब प्रान्तमा सिरियाली वायुसेनाले गरेको कारवाहीमा मारिएका थिए । उक्त आक्रमणमा अरु २९ टर्किस सैनिक घाइते भएका थिए ।

यसअघि टर्कीका रक्षामन्त्री हुलुसी अकारले सिरियाविरुद्ध ‘अपरेसन स्प्रिङ शिल्ड’ नामक सैनिक कारवाही थालेको घोषणा गरेका थिए । उनी यतिबेला सिरियाको इडलिब प्रान्तसँग सीमा जोडिएको हाते प्रान्तमा रही सिरियामा टर्किस सैनिक आक्रमणको कमाण्ड गरिरहेका छन् ।

पछिल्लो सैनिक कारवाहीका क्रममा टर्कीले एउटा सैनिक ड्रोन, ८ वटा हेलिकोप्टर, १०३ ट्यांक, ७२ वटा लामो दूरीसम्म मार हान्न सक्ने हतियार, ३ हवाई रक्षा प्रणाली सिरियाली भूमिमा प्रयोग गरिएको टर्कीको अनादोलु समाचार संस्थाले जनाएको छ । टर्कीको सैनिक कारवाहीका क्रममा हालसम्म सिरियाली सेनाका २,२१२ सैनिकलाई परास्त गरिसकिएको टर्कीको दाबी छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ६ : ५८ बजे

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर

मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई बुझाइयो

काठमाडौँ-  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी