कोरोनाबारे सतर्कता अपनाउने विषयमा एन्फाद्वारा राखेपलाई पत्र  | Khabarhub Khabarhub

कोरोनाबारे सतर्कता अपनाउने विषयमा एन्फाद्वारा राखेपलाई पत्र 


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाइरहँदा यसबाट जोगिन के कस्ता सुरक्षा सतर्कता अपनाउने विषयमा खेल क्षेत्र पनि सचेत बनेको छ ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोभिडो १९ अर्थात कोरोना भाइरसबाट जोगिने के कस्ता उपाय अपनाउने तथा सुरक्षा सतर्कताबारे ध्यान दिनुपर्ने विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र पठाएको हो ।

सार्वजनिक समारोह तथा मानिसहरुको भीडभाड हुने क्षेत्रमा कोरोनाको जोखिम उच्त हुनसक्ने कुरालाई मध्यनजर गर्दै एन्फाले राखेपलाई त्यसतर्फ सचेत रहन आग्रह गरेको हो ।

एन्फाले कोरोनाको संक्रमणबाट के कसरी जोगिने र खेलहरु आयोजना गर्दा अपनाउनु पर्ने सतर्कताका विषयमा राखेपलाई पत्र पठाइसकेको महासचिव इन्द्रमान तुलाधरले खबरहबसँग बताए ।

हामीले सचेतताका लागि राखेपलाई पत्र पठाएका छौं,´ तुलाधरले भने, तत्काल कुनै निर्णय भएको छैन।´

अहिले राजधानीमा फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ को छनोटका लागि आजैदेखि राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण शुरु भएको छ। यस्तै, सहिद स्मारक बी डिभिजन लिग पनि राजधानीमा भइरहेको छ भने मोफसलमा नकआउटका फुटबल प्रतियोगिता चलिरहेका छन्।

तर, एन्फाले प्रतियोगिता रोक्ने विषयमा कुनै निर्णय नगरेको महासचिव तुलाधरले स्पष्ट पारेका छन्  । उनले यसबाट जोगिने उपाय भने खोजिरहेको बताएका छन्।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण हालसम्म २ हजार ९ सय बढीले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ८ : २९ बजे

नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशनको माग 

लण्डन– बेलायतस्थित नेपाली पत्रकारहरूले नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशनको माग

रवि स्थलमार्गबाट काठमाडौं आउँदै

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने पोखराबाट स्थलमार्ग

अर्थ मन्त्रालयले माग्यो बिमा प्राधिकरण अध्यक्षको आवेदन

काठमाडौं– नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि

प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गर्न नपाइने

काठमाडौं– औषधि व्यवस्था विभागले प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि

प्रधानमन्त्री ओली र राप्रपा नेपालका अध्यक्ष थापाबीच भेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष