तालको सौन्दर्य जोगाउन सरोकारवाला सचेत हुनुपर्छः प्रधानन्यायाधीश राणा « Khabarhub

तालको सौन्दर्य जोगाउन सरोकारवाला सचेत हुनुपर्छः प्रधानन्यायाधीश राणा


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको फैसलाबमोजिम फेवातालको अधिकतम क्षेत्रफल जोगिने गरी काम गर्न आग्रह गरेका छन् ।

उच्च अदालत बार एसोसिएसन पोखराद्वारा आयोजित स्वागत कार्यक्रममा उनले तालभित्र कुनै व्यक्तिको जग्गा परेको भए पनि अधिग्रहण गरी पहिलेकै अवस्थामा ल्याउन आफूले नेपाल सरकारका मुख्यसचिवलाई सल्लाह दिएको बताए ।

ताल बचाउन केही समय पहिला सर्वोच्चले गरेको फैसला कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताउँदै उनले तालको सौन्दर्य फैसला गरेर मात्र नहुने र यसको संरक्षण सबै नागरिक तथा सरोकारवाला निकाय सक्रिय हुनुपर्ने सुझाव दिए ।

नापीका महानिर्देशकलाई खटाएर तालको वास्तविक नापी भइसकेको जानकारी दिँदै उनले फरक–फरक नापीमा समान क्षेत्रफल नआएको बताए ।

भारतले गरेको हवाई सर्वेक्षणमा देखिएको ताल, यहाँ देखिएको नापीको नक्साको ताल र हालको नाप समान नभए पनि अधिकतम क्षेत्रफल कायम गर्नुपर्नेमा उनले जोड दिए ।

कुनै पनि न्यायाधीशले बद्नियत, ढिलासुस्ती र अनियमितता गरेको पाइए छुट नदिइने स्पष्ट पार्दै प्रधानन्यायाधीश राणाले आफ्नो ज्ञान र विवेकलाई आत्मसात् गरी स्वाभिमानी र आत्मज्ञानी भई संविधान प्रदत्त कानुनी अधिकार प्रयोग गरी न्यायसम्पादन गर्न आग्रह गरे ।

न्यायप्रणाली सुधार गरेर लैजाने आफ्नो लक्ष्य भएकाले अदालतभित्रका कर्मचारी र न्यायाधीशका बारेमा गलत कुरा भएमा कानून व्यवसायीले पनि निर्धक्क भई बाहिर ल्याउन उनले आग्रह गरे ।

अडियो भिडियोमार्फत बहस पैरवी गर्ने प्रविधिको विकास गर्ने बताउँदै उनले प्रविधिले फड्को मारिसकेको वर्तमान अवस्थामा देशको न्यायप्रणालीलाई छिटोछरितो बनाउन प्रविधिको विकल्प नभएको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १० : ४५ बजे

नेपालगन्जमा युवतीको जलेर मृत्यु, तीन जना पक्राउ

बाँके – नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची

‘एक्सनमा बालेन्द्र’ : काम गर्न नसके बिदा हुन मन्त्री र कर्मचारीहरूलाई निर्देशन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघिका कुनै पनि घटना र

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर