नेकपाले भन्यो- ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने तिरुवा विप्लवका कार्यकर्ता « Khabarhub

नेकपाले भन्यो- ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने तिरुवा विप्लवका कार्यकर्ता


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी जुम्लाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि भएको निन्दनीय कार्यको भर्त्सना गर्दै संलग्न व्यक्तिलाई कारबाहीको माग गरेको छ ।

जिल्ला कमिटी जुम्लाले विज्ञप्ति जारी गर्दै काठमाडौंको राष्ट्रियसभागृहमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डमाथि निन्दनीय कार्य गर्ने रतन तिरुवालाई कारबाहीको माग गरेको हो ।

तिरुवा नेकपाको समर्थक नभइ विप्लव नेकपाको गतिविधिमा संलग्न रहेको समेत विज्ञप्तिमा जनाइएको छ ।

नेकपा जुम्ला जिल्ला अध्यक्ष विर बहादु कुवरले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उनी जुम्लामा पनि पटक–पटक अराजनीतिक कार्यमा संलग्न रहेको र नेपाल प्रहरीको पनि खोजीमा रहेको व्यक्ति हो । सार्वजनिक स्थलमा घृणित कार्य गर्ने रतन तिरुवा भन्ने व्यक्तिलाई कानून बमोजिम कडाभन्दा कडा कारबाहीको माग गर्दछु ।’

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ११ : ४६ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र