नेकपाले भन्यो- ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने तिरुवा विप्लवका कार्यकर्ता « Khabarhub

नेकपाले भन्यो- ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने तिरुवा विप्लवका कार्यकर्ता


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी जुम्लाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि भएको निन्दनीय कार्यको भर्त्सना गर्दै संलग्न व्यक्तिलाई कारबाहीको माग गरेको छ ।

जिल्ला कमिटी जुम्लाले विज्ञप्ति जारी गर्दै काठमाडौंको राष्ट्रियसभागृहमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डमाथि निन्दनीय कार्य गर्ने रतन तिरुवालाई कारबाहीको माग गरेको हो ।

तिरुवा नेकपाको समर्थक नभइ विप्लव नेकपाको गतिविधिमा संलग्न रहेको समेत विज्ञप्तिमा जनाइएको छ ।

नेकपा जुम्ला जिल्ला अध्यक्ष विर बहादु कुवरले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उनी जुम्लामा पनि पटक–पटक अराजनीतिक कार्यमा संलग्न रहेको र नेपाल प्रहरीको पनि खोजीमा रहेको व्यक्ति हो । सार्वजनिक स्थलमा घृणित कार्य गर्ने रतन तिरुवा भन्ने व्यक्तिलाई कानून बमोजिम कडाभन्दा कडा कारबाहीको माग गर्दछु ।’

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ११ : ४६ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट