बालुवाटारमा योजना आयोगको बैठक जारी, मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री अस्पताल जाने « Khabarhub

बालुवाटारमा योजना आयोगको बैठक जारी, मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री अस्पताल जाने


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पताल भर्ना हुँदैछन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नका लागि उनी आजै अस्पताल भर्ना हुन लागेका हुन् । मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार गरिने छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिए । अस्पताल भर्ना हुन जानु अघि प्रधानमन्त्री ओलीको सक्रियता बढेको छ ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बसिरहेको छ भने आजै उक्त बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक समेत बस्दैछ ।

बैठक सकेर अस्पताल जाने कार्यक्रम रहेको बालुवाटार स्रोतले जानकारी दियो ।

‘प्रधानमन्त्री बैठकहरु सकिएपछि अस्पताल जानु हुनेछ, सायद साँझ नै हुन्छ होला’ बालुवाटार स्रोतले भन्यो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १० : १० बजे

‘सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी’

चितवन– सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको

अलविदा निम्सदाइ !

काठमाडौं- पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा (निम्सदाइ)