प्रदेश नम्बर २ लाई मदिरा निषेधित क्षेत्र बनाउन नेकपाको माग « Khabarhub

प्रदेश नम्बर २ लाई मदिरा निषेधित क्षेत्र बनाउन नेकपाको माग


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जनकपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश नम्बर २ लाई मदिरा निषेधित क्षेत्र बनाउन माग गरेको छ ।

११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पार्न तयारीस्वरुप प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा बसेको प्रदेशका महिला नेतृहरु तथा नेकपा प्रदेश नेतृत्वको संयुक्त भेलाले मदिरा निषेधित प्रदेश घोषणा गर्न माग गरेको हो ।

पुरुषहरूले मदिराजन्य पदार्थको सेवन गरेर महिलामाथि हिंसा गर्ने गरेकोले यस प्रदेशका महिलाहरु पीडित रहेको निष्कर्षसहित नेकपाले महिला हिंसा अन्त्यको लागि मदिरा निषेध गर्न माग गरेको एक जना नेतृले बताइन् ।

उनले भनिन्, “हाम्रो समाज पुरुषप्रधान हो । यहाँ पुरुषको अधिनमा महिला बस्नुपर्ने बाध्यात्मक स्थिती छ । चाहे पुरुष गलत होस या ठिक उसकै कुरा सुन्नुपर्ने र हिंसा सहनुपर्ने अवस्था अझै पनि विद्यमान छ ।  खासगरी पुरुषहरु मदिरा सेवन गरेर घरमा आउने श्रीमतीलगायत घरका अन्य महिला माथि कुटपिट गर्ने, गाली गर्नेजस्ता सयौं घटना हाम्रो समाजमा देख्न पाइन्छ । त्यसैले महिला हिंसा अन्त्य गर्नलाई हाम्रो प्रदेशमा मदिरा निषेध गर्नैपर्छ ।”

बैठकले दिवस मनाउन “महिला हिंसा अन्त्यको लागि मदिरा निषेधित प्रदेश घोषणा गरौ “ “११०औं महिला श्रमिक दिवस भव्यताका साथ मनाऔँ” भन्ने नाराका तय गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १० : २० बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका