बैतडीको कोरोना सहायता कक्षमा १७८ जनाको स्वास्थ्य परीक्षण | Khabarhub Khabarhub

बैतडीको कोरोना सहायता कक्षमा १७८ जनाको स्वास्थ्य परीक्षण


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोरोना भाइरस चेकजाँचका लागि स्थापना गरिएको सहायता कक्षमा आइतबारसम्म १ सय ७८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

सहायता कक्षले हालसम्म झुलाघाट नाकाबाट नेपाल भित्रिने १७८ नागरिकहरुको स्वास्थ्य परीक्षण गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले यही फागुन १० गते सहायता कक्ष स्थापना गरेका थिए ।

परीक्षण गरिएका कुनै पनि नागरिकमा कोरोना भाइरसको सङ्क्रमण नभेटिएको भट्टले बताए ।

भारतबाट फर्किने सबै नागरिकको सहायता कक्षमा स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ ।

नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट सहायता कक्षमा दुईजना स्वास्थ्यकर्मी खटाइएको छ ।

 कोरोना भाइरसको सङ्क्रमणका बारेमा सचेतना फैलाउन र भारतबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताएका छन् ।

सहायता कक्षमा भारतबाट फर्किने नागरिकहरुको ‘इन्फ्रारेड थर्मामिटर’ ले ज्वरो मापन गर्ने गरिएको स्वास्थ्य कार्यालय प्रमुख भट्टले जानकारी दिए ।

सहायता कक्षमा ज्वरो मापनका साथै दुई हप्ता अघिसम्म चीन गए नगएको बारेमा सोधपुछ गर्ने र रुघाखोकी लागे नलागेको बारेमा सोधपुछ भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

अत्यधिक ज्वरो आएको र केही शङ्कास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा अलग्गै कोठामा राख्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १२ : २२ बजे

काठमाडौंको गौरीघाटमा छठ पर्वको तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंका विभिन्न स्थानमा छठ पर्वको तयारी भइरहेको छ ।

मन्त्रिपरिषद् विस्तारको तयारी : चार जना नयाँ मन्त्री बन्दै

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी

पर्यटकीयस्थल दूधकुण्ड पुग्ने क्रममा १० घण्टा बेपत्ता हुँदा…

सोलुखुम्बु– ‘पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल थिएन,

युवा नेतृत्वः खोइ साहस र मौलिक दृष्टि ?

नेपाली राजनीतिको रंगमञ्चमा अहिले कुरूप नाटकको प्रदर्शन भइरहेको छ। केन्द्रका

माटोका भाँडा बनाएर आत्मनिर्भर

सुनसरी– इटहरी उपमहानगरपालिका– ६ का सुरज पण्डित माटोका भाँडाकुँडा बनाएर