करातेका अनु र नविनले ओलम्पिक छनोट खेल्ने « Khabarhub

करातेका अनु र नविनले ओलम्पिक छनोट खेल्ने


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टोकियो ओलम्पिक छनोटमा नेपालबाट करातेमा दुई जना खेलाडी सहभागी हुने भएका छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता पुरष तर्फ नविन रसाइली र महिलातर्फ अनु अधिकारीले ओलम्पिक छनोट खेल्नेछन् ।

अनुले ५० केजी मुनिको तौल समूहमा र नविन ६७ केजी तौल समूह मुनीको क्याटागोरिमा खेल्नेछन् । ओलम्पिक छनोट मे ८ देखि १० सम्म फ्रान्समा हुनेछ । नविन र अनुको नाम वाइल्ड कार्ड इन्ट्रीमा पनि सिफारिस गरिएको छ ।

उनीहरुसहित नेपाली राष्ट्रिय कराते टोलीको बन्द प्रशिक्षण आजबाट शुरु भएको छ । नविन र अनुले ओलम्पिक छनोटका लागि तयारी गरेपनि अन्य खेलाडीहरु भने अन्य कुनै प्रतियोगिता भए त्यसमा जाने गरि नियमित तयारीमा रहेको प्रशिक्षक दिपक श्रेष्ठले बताए ।

‘ओलम्पिक छनोटमा अनु र नविनले खेल्नेछन् । तर, अन्य खेलाडीहरु पनि नियमित अभ्यासमा रहुने बताएका छन्,’ उनले भने,‘खेलाडी नियमित अभ्यासमा रहँदा अन्य कुनै प्रतियोगिता खेल्न जानु पर्दा त्यसमा राम्रो हुन्छ ।’

रसियाका अध्यक्षले दिए प्रशिक्षण

सोमबारदेखि शुरु भएको ओलम्पिक छनोटको पहिलो दिन रसिया कराते महासंघका अध्यक्ष भासिली सभ्रान्स्किसहितको टोलीले प्रशिक्षण दिएको छ । उनीहरु नेपाल कराते महासंघ र रसिया कराते महासंघबीचको एमओयू सम्झौताका लागि नेपाल आएका हुन् ।

आठ पटकका विश्व च्याम्पियन सभ्रान्स्किको टोलीले नेपाली खेलाडीलाई केही घण्टा प्रशिक्षण दिएका हुन् । नेपाली खेलाडीलाई उनले आफै रिङ्गमा उत्रिएर सिकाएका हुन् ।

उनको जोड नेपाली खेलाडीलाई करातेमा बलको प्रयोगले भन्दा पनि ‘टेक्निक’ ले खेल्नु पर्ने थियो ।

‘करातेमा बल र शरिरको प्रयोग गर्ने भन्दा पनि टेक्निक प्रयोग गर्नु पर्छ,’ विश्व च्याम्पियन सभ्रान्स्किले भने,‘तपाईहरु शरिरको प्रयोग गर्नु हुन्छ । त्यसैले नतिजा आइरहेको छैन । नतिजाका लागि कराते ‘टेक्निक’ लगाएर खेल्नुपर्छ ।’

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १ : २५ बजे

प्रादेशिक अस्पताल भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा

भद्रपुर– प्रादेशिक अस्पताल भद्रपुरमा आजदेखि नवजात सघन उपचार कक्ष (एनआइसीयू)सेवा

मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने

काठमाडौं–  निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने

एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु

काठमाडौं– एनसेलले सोमबरबाट नयाँ नम्बर रेन्ञ ९७१ बाट सुरु हुने मोबाइल

समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

रावा बैङ्कको ‘विजनेस मिट’ सम्पन्न

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्जा लगानी तथा निक्षेप संकलनमा