पोस्टरमा ‘लप्पन छप्पन २’ « Khabarhub

पोस्टरमा ‘लप्पन छप्पन २’


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लप्पन छप्पन २’ को पोस्टर सार्वजनिक गरिएको छ । मुकुन्द भट्टले निर्देशन गरिरहेको यो फिल्मको सार्वजनिक गरिएको पोस्टरमा सुपर गुरुङ र शक्ति श्रेष्ठलाई देखाइएको छ ।

‘लप्पन छप्पन’ पछि यसको सिक्वेलका रुपमा निर्माण गरिएको यो फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

यद्यपि ‘लप्पन छप्पन’ भने व्यावसायिक रुपमा असफल भएको थियो ।

यो फिल्मबाट शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठसँगै केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, र्सिना सिना, रञ्जीत वन्त लगायतले फिल्म उद्योगमा डेब्यु गर्दैछन् ।

यो फिल्मलाई चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदीपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेलले निर्माण गरेका हुन् ।

यस्तै फिल्ममा स्किृप्ट निर्देशक भट्ट र सुनिल निउरेले तयार पारेका हुन् । फिल्म आगामी वर्षको वैशाख १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ४ : २७ बजे

यात्रुले आपतकालीन ढोका खोल्दा बुद्धको जहाज रोकियो

काठमाडौं– यात्रुले जहाजको आपतकालीन ढोका खोल्दिँदा बुद्ध एयरको उडान नै

कांग्रेस विशेष महाधिवेशन : विद्युतीय मेशिनमा मतदान तयारी

काठमाडौं- चार दिनदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ

साढे तीन घण्टा बित्दा पनि सुरू भएन कांग्रेस संस्थापनको बैठक

काठमाडौं : बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन

लगातार नयाँ रेकर्ड राख्दै सुनचाँदी, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको

माघीको मुखमा सखर बनाउने चटारो (तस्बिरहरू)

सर्लाही– माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानहरूलाई यतिबेला सखर (गुड)