कोरोना संक्रमित मुलुकबाट हुने उडान बन्द गर्न कांग्रेसको माग « Khabarhub

कोरोना संक्रमित मुलुकबाट हुने उडान बन्द गर्न कांग्रेसको माग


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमण फैलिएका देशबाट हुने उडान बन्द गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबारे गम्भीर बन्न आग्रह गर्दै कोरोना संक्रमित मुलुकबाट हुने उडान बन्द गर्न माग गरेका हुन् ।

कोरोना संक्रमित मुलुकहरुको भ्रमणमा समेत अस्थायीरुपले तत्काल रोक लगाउन माग गरेका छन् ।

कांग्रेसले संक्रमण फैलिएका मुलुकहरुमा रहेका नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक दोहोरो उडानमा तत्काल रोक लगाउन माग गरेको हो ।

कांग्रेसले कोरोना भाइरसबाट जोगिन उचित पूर्वतयारी थाल्न समेत माग गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना संक्रमणको उच्च जोखिम रहेको बताइरहँदा त्यसको सामना गर्न सरकार गम्भीर बन्नुपर्ने कांग्रेसले जनाएको छ ।

त्रिभुवन विमानस्थलको चेकजाँचको प्रक्रिया कामचलाउ प्रकृतिको देखिएको भन्दै कांग्रेसले प्रवेशद्वारमा कडाइका साथ निगरानी बढाउन समेत माग गरेको छ ।

कांग्रेसले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘स्थलमार्गबाट नेपाल प्रवेश गर्ने नाकाहरुमा केरुङको नाकामा कडाइ गरिएको भए पनि अन्य नाका खासगरी तराई–मधेसका सबै सीमा नाकाबाट सोमबार मध्याह्नसम्म निर्वाध प्रवेश जारी छ । ती नाकाहरुमा पनि तत्काल कडाइ शुरु गर्न विशेष स्वास्थ्य जाँच केन्द्र स्थापना गरियोस् ।’

कांग्रेसले दक्षिण कोरिया लगायतका कोरोना संक्रमण फैलिएका मुलुकमा रहेका नेपालीको सुरक्षित रुपमा उद्दार गर्न समेत माग गरेको छ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ५ : ४२ बजे

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा