कोरोना संक्रमित मुलुकबाट हुने उडान बन्द गर्न कांग्रेसको माग « Khabarhub

कोरोना संक्रमित मुलुकबाट हुने उडान बन्द गर्न कांग्रेसको माग


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमण फैलिएका देशबाट हुने उडान बन्द गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबारे गम्भीर बन्न आग्रह गर्दै कोरोना संक्रमित मुलुकबाट हुने उडान बन्द गर्न माग गरेका हुन् ।

कोरोना संक्रमित मुलुकहरुको भ्रमणमा समेत अस्थायीरुपले तत्काल रोक लगाउन माग गरेका छन् ।

कांग्रेसले संक्रमण फैलिएका मुलुकहरुमा रहेका नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक दोहोरो उडानमा तत्काल रोक लगाउन माग गरेको हो ।

कांग्रेसले कोरोना भाइरसबाट जोगिन उचित पूर्वतयारी थाल्न समेत माग गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना संक्रमणको उच्च जोखिम रहेको बताइरहँदा त्यसको सामना गर्न सरकार गम्भीर बन्नुपर्ने कांग्रेसले जनाएको छ ।

त्रिभुवन विमानस्थलको चेकजाँचको प्रक्रिया कामचलाउ प्रकृतिको देखिएको भन्दै कांग्रेसले प्रवेशद्वारमा कडाइका साथ निगरानी बढाउन समेत माग गरेको छ ।

कांग्रेसले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘स्थलमार्गबाट नेपाल प्रवेश गर्ने नाकाहरुमा केरुङको नाकामा कडाइ गरिएको भए पनि अन्य नाका खासगरी तराई–मधेसका सबै सीमा नाकाबाट सोमबार मध्याह्नसम्म निर्वाध प्रवेश जारी छ । ती नाकाहरुमा पनि तत्काल कडाइ शुरु गर्न विशेष स्वास्थ्य जाँच केन्द्र स्थापना गरियोस् ।’

कांग्रेसले दक्षिण कोरिया लगायतका कोरोना संक्रमण फैलिएका मुलुकमा रहेका नेपालीको सुरक्षित रुपमा उद्दार गर्न समेत माग गरेको छ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ५ : ४२ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी