नक्कली बिल बनाइ बिउ खरिद गर्ने कर्मचारीहरुविरुद्ध भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

नक्कली बिल बनाइ बिउ खरिद गर्ने कर्मचारीहरुविरुद्ध भ्रष्टाचार मुद्दा


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बीउबिजन कम्पनीका प्रबन्ध सञ्चालक, सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारीविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७३/७४ को खेती समय सकिएपछि निजी बीउ व्यवसायीसँग मकैको बीउ खरिद गरी आर्थिक अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको हो । कृषकलाई उन्नत बीउबिजन खरिद मूल्यमा अनुदानसम्बन्धी कार्यविधि, २०६८ अनुसार वितरण नगरी खरिद तथा बिक्रीवितरण गरिएको नक्कली कागजात तयार पारी भ्रष्टाचार गरेको पाइएकाले बिगोबमोजिम जरिवाना र कैद सजायको माग गरिएको छ ।

सरकारी अनुदानमा बिक्रीवितरण गर्नुपर्ने ११८ मेट्रिकटन उन्नत जातको मकैको बीउ खरिद नै नगरी नक्कली कागजात बनाएको पाइएको छ । आयोगले कम्पनीका प्रबन्ध सञ्चालक धर्मराज अधिकारीविरुद्ध रु ४६ लाख १५ हजार २०१ बराबरको भ्रष्टाचार गरेको पाइएको छ । यस्तै युनिक सिड कम्पनी धनगढी तथा कृषक सहयोग केन्द्र कैलालीका अध्यक्ष लक्ष्मीकान्त ढकालविरुद्ध आयोगले रु ३५ लाख छ हजार ४०० बराबरको भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

यस्तै बिज वृद्धि कम्पनी रत्ननगर चितवनका प्रबन्ध निर्देशक रामचन्द्र अधिकारीविरुद्ध रु ११ लाख आठ हजार ८०१, बीउबिजन कम्पनीका कामु महाशाखा प्रमुख रेवतीरमण ओझाविरुद्ध रु ४६ लाख १५ हजार २०१ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

यस्तै सोही कम्पनीका महाशाखा प्रमुख महेशकुमार पौडेलविरुद्ध रु ४६ लाख १५ हजार २०१, कम्पनीका तत्कालीन शाखा अधिकृत बिन्दु थापाविरुद्ध रु ४६ लाख १५ हजार २०१, आर्थिक महाशाखाका वरिष्ठ सहायक सुरेन्द्रमान श्रेष्ठ र स्टोरकिपर धर्मेन्द्रकुमार झाविरुद्धसमेत रु ४६ लाख १५ हजार २०१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

यस्तै आयोगले तनहुँ भानु नगरपालिका– १३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीविरुद्ध समेत मुद्दा दायर गरेको छ । आयोगले विद्यालय भवनको निर्माण सम्पन्न गरी भुक्तानी दिने प्रयोजनमा क्रममा वडा सदस्य अधिकारी र इञ्जिनीयर शुकदेव अधिकारीले सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको आरोप लागेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ७ : ३२ बजे

सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत

नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठीनी–आखेत हुँदै वडा नम्बर १०

आईसीसी महिला टी–२० : आज नेपाल र हङकङ भिड्दै

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा आज नेपालले आफ्नो

साफ यु–१९ च्याम्पियनसिप : आज नेपाल र भारत खेल्ने

काठमाडौं– १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने 

वासिंगटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा