उपराष्ट्रपतिद्वारा सार्वजनिक कार्यक्रमहरु स्थगित, निमन्त्रणा नगर्न आग्रह « Khabarhub

उपराष्ट्रपतिद्वारा सार्वजनिक कार्यक्रमहरु स्थगित, निमन्त्रणा नगर्न आग्रह


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले निश्चित भइसकेका सार्वजनिक कार्यक्रमहरु स्थगित गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित प्रकोपलाई दृष्टिगत गर्दै उनले सार्वजनिक कार्यक्रम स्थगित गर्नुका साथै आगामी कार्यक्रमका लागि निमन्त्रणा समेत नगर्न आग्रह गरेका छन् ।

उनले आउँदा दिनका सार्वजनिक कार्यक्रममा पनि सहभागी नहुने भन्दै निम्ता स्वीकार नगर्न निजी सचिवालयलाई निर्देशन दिएका हुन् ।

उपराष्ट्रपति पुनको निर्देशन र कोभिड–१९को सम्भावित प्रकोप रोक्न सरकारले बनाएको योजनालाई दृष्टिगत गर्दै पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगन गरिएको प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।

अब अत्यावश्यक बाहेकका सार्वजनिक कार्यक्रममा उपराष्ट्रपति सहभागी नहुने प्रेस संयोजक घर्ती मगरले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

उपराष्ट्रपति पुनले कोरोनाबारे नआत्तिई सतर्कता अपनाउन समेत अपिल गरेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ८ : ०० बजे

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा