इमान्दारीपूर्वक काम गर्ने २१ ट्याक्सी चालक सम्मानित « Khabarhub

इमान्दारीपूर्वक काम गर्ने २१ ट्याक्सी चालक सम्मानित


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा राम्रो काम गर्ने २१ ट्याक्सी चालकलाई सम्मान गरेको छ ।

पछिल्लो समय उपत्यकामा ट्याक्सीले ठगी गरेको समाचार आइरहेका बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज आव २०७६/०७७ मा राम्रो काम गर्ने चालकलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा युवराज रानामगर, यज्ञप्रसाद बराल, कुलबहादुर श्रेष्ठ, नन्दलाल नगरकोटी, सुनिल थापामगर, अवदेशकुमार झा, प्रविन तामाङ, सूर्यबहादुर तामाङ, कृष्णबहादुर खत्री, कृष्ण घिसिङ, नेत्रप्रसाद तामाङ, रामचन्द्र मोक्तान, रोयतबहादुर रोक्का, झम्क श्रेष्ठ, रिधबहादुर क्षेत्री, नवीन सिग्देल, तुलसीराम खनाल, विष्णु आले, नेत्रबहादुर मगर, मनि श्रेष्ठ र नीलहरि ढुङ्गेल रहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल भाडाका ट्याक्सीमा छुटेका नगद, गरगहना र महत्वपूर्ण सामान महाशाखामा ल्याएर सम्बन्धित धनीलाई बुझाउने चालकलाई सम्मान गरिएको बताए ।

“नैतिकता, मानवीयता र अनुशासन कमजोर भएको वर्तमान समयमा चालकले देखाएको इमान्दारिताले समाजमा अरू मान्छेलाई पनि सहयोगी बन्न प्रेरणाको स्रोत बनेको छ”, उनले भने ।

ट्राफिक क्षेत्रमा देखिएका समस्याको समाधानको मुख्य आधार नै चालक रहेकाले सडकलाई अनुशासित र मर्यादित बनाउन चालकको महत्वपूर्ण भूमिका रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले ट्राफिक प्रहरी र सवारी चालक दुस्मनका रुपमा नभई मित्रका रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सम्मानित भएका चालक नवीन सिग्देलले केही महिना अगाडि रु १० लाख ६६ हजार मूल्य बराबर पर्ने १३ तोला सुनको गहना र ल्यापटप सम्बन्धित धनीलाई हस्तान्तरण गरेका थिए ।

चालू आवमा ट्याक्सीमा मात्र ३९५ वटा सामान छुटेको निवेदन महाशाखामा परेको थियो । ट्राफिक प्रहरीको सक्रियतामा रु एक करोड ४८ लाख ६० हजार ३६५ मूल्य बराबरका सामान २८० व्यक्तिलाई बुझाइसकेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ९ : ४५ बजे

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह

काठमाडौं– नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड

कहाँसम्म पुग्ला ओली–प्रचण्ड गठबन्धन ?

काठमाडौं– राजनीतिमा समीकरण परिवर्तन, पार्टी विभाजन र पुनः ध्रुवीकरण कुनै

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं– काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग