भारतका प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना « Khabarhub

भारतका प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल शल्यक्रियाको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री माेदीले सन्देश पठाउँदै मिर्गौला सफल प्रत्यारोपणको कामना गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

माेदीको सन्देश नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजय कुमारले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका थिए ।

यसैबीच मोदीले  एक ट्वीट गर्दै प्रधानमन्त्री ओलीलाई सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका हुन् ।

‘मेरा प्रिय साथी केपी शर्मा ओलीजी, तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ भारतीय प्रधानमन्त्री माेदीले लेखेका छन्, ‘भगवान् पशुपतिनाथले सधैँ तपाईंको सुस्वास्थ्य, खुशी र दीर्घायूको आशिर्वाद दिऊन् ।’

दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना भएका हुन् । प्रधानमन्त्री ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि बुधबार पुनः दोस्रोपल्ट प्रत्यारोपण गर्न लागिएको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १० : ५१ बजे

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,

पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर,

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय