प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भोलि बिहान ९ बजेदेखि | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भोलि बिहान ९ बजेदेखि


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको समय तय भएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरिरहेको प्राडा प्रेम ज्ञवलीका अनुसार भोलि बिहान ९ बजेदेखि प्रत्यारोपणको प्रक्रिया शुरु हुनेछ ।

‘भोलि बिहान ९ बजेदेखि मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया गर्ने तयारी गरिसकेका छौं,’ प्राडा ज्ञवलीले खबरहबसँग भने, ‘भोलिको प्रत्यारोपणको तयारीका लागि उहाँको प्रि ट्रान्सप्लान्ट डायलाइसिस र अन्य स्वास्थ्य परीक्षणको काम पनि सकिएको छ ।’

 दुई भारतीय चिकित्सक  आउँदै

प्रधानमन्त्री ओलीको चाहना अनुसार नेपाली चिकित्सक र नेपालै अस्पतालमा प्रधानमन्त्री ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्दैछन् ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि डा ज्ञवालीको नेतृत्वमा ६ जना सर्जन, २ जना एनेस्थेसिस्ट, ८ जना नर्सिङ स्टाफसहित करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारमा खटिने तयारी भइसकेका छ ।

तर, प्रधानमन्त्री ओलीको स्वास्थ्य सम्वेदनशीलतालाई ख्याल गर्दै सरकारले भारतबार दुईजना चिकित्सक समेत बोलाएको डा ज्ञवालीले बताए ।

भारतबार एकजना सर्जन ( डाक्टर अनन्त कुमार) र एकजना फिजिसिएन नेपाल आउँदै गरेको डा ज्ञवालीले बताए ।

‘मेरो नेतृत्वमा नेपाली चिकित्सककै टोलीले प्रधानमन्त्री ज्युको मिर्गौला प्रत्यारोपण गर्ने हो । तर, प्रधानमन्त्री जस्तो सम्वेदनशील व्यक्तिको प्रत्यारोपण भएकाले केही समस्या पर्न सक्छ भनेर दुईजना भारतीय चिकित्सक पनि बोलाइएको छ,’ डा ज्ञवालीले खबरहबसँग भने, ‘भारतबाट एकजना सर्जन र एकजना फिजिसियन आउँदै हुनुहुन्छ, उहाँहरुले बेलुका सम्म अस्पतालमा आइपुग्नु हुन्छ ।’

भोलि हुने मिर्गौलाको प्रत्यारोपणको तयारीका लागि प्रधानमन्त्री ओलीले आज राति १० बजेपछि खाली पेट बस्ने डा ज्ञवालीको भनाइ छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  २ : ३४ बजे

तीन महिने आँखा शिविरबाट ६७४ जना लाभान्वित

जनकपुरधाम– बनेपास्थित रेयुकाई ईको मासुनागा आँखा अस्पतालको ढल्केबरस्थित शाखा अस्पतालले

कैलालीमा श्रीमतीमाथि कुटपिट गरेर श्रीमान् फरार

धनगढी– कैलालीमा श्रीमतीमाथि कुटपिट गरेर एक जना फरार भएका छन्

इरान र अमेरिकाबीच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै

रोम- इरान र संयुक्त राज्य अमेरिकाबीच तेहरानको आणविक कार्यक्रमसम्बन्धी दोस्रो

आन्दोलनरत शिक्षक महासंघले बोलायो बैठक

काठमाडौं– सरकारसँग विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा

सत्तासाझेदारीमा कुनै समस्या छैन : गृहमन्त्री 

गण्डकी– गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार दल नेपाली कांग्रेस र नेपाल