प्रधानमन्त्रीले डाक्टरहरुलाई भने– चिन्ता गर्नुपर्दैन एक हप्तापछि क्याविनेट बोलाउँछु | Khabarhub Khabarhub

प्रधानमन्त्रीले डाक्टरहरुलाई भने– चिन्ता गर्नुपर्दैन एक हप्तापछि क्याविनेट बोलाउँछु


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण अघिको सम्पूर्ण काम सकिएको चिकित्सकहरुले बताएका छन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका प्रधानमन्त्री ओलीको भोलि मिर्गौला प्रत्यारोपण हुँदैछ ।

डा अरुण सायमीले प्रत्यारोपण अघिको डायलाइसिस लगायतका सबै काम सकिएको जानकारी दिए ।

उनले मिर्गौला प्रत्यारोपणका लागि दुई वटा टीम रहने जानकारी दिए ।

‘ट्रान्स प्लान्टमा दुईवटा टीम हुन्छ । एउटा टिमले डोनरको किड्नी निकाल्छ साइडबाइ साइड काम हुन्छ’ डा सायमीले भने ।

उनले पहिलो पटक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न भारतीय चिकित्सक पनि नेपाल आएको आफूले जानकारी पाएको बताए ।

प्रधानमन्त्रीको मानसिक अवस्था कस्तो छ भन्ने पत्रकारको प्रश्नमा डा सायमीले भने,‘हामी अलिकति चिन्ति छौं । जस्तै भएपनि । उहाँ(प्रधानमन्त्री ओली) चाँही ढुक्कै हुनुहुन्छ ।’

प्रधानमन्त्रीले एक हप्तापछि गएर मन्त्रिपरिषद् बैठक बोलाउँछु भन्नु भएको उनले सुनाए ।

‘चिन्ता गर्नुपर्दैन एक हप्तापछि क्याविनेट बोलाउँछु भन्नु भएको छ । आत्मविश्वास एक दम धेरै छ ’ डा सायमीले भने ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ४ : १७ बजे

साढे ६ अंकले घट्यो नेप्से, कारोबारमा केही सुधार 

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५५ अंकले घटेको छ

झुम्का कारागारमा भाइरलको प्रकोप, तीन कैदीको ज्यान गयो

विराटनगर- सुनसरीको झुम्कास्थित कारागारमा भाइरल ज्वरो फैलिँदा सयौँ कैदीबन्दी बिरामी

राष्ट्रिय परिचयपत्रमा दोहोरो नीति लिँदै नागरिकमाथि सरकारी अत्याचार

काठमाडौँ – सरकारले राष्ट्रिय परिचयपत्रबारे कथनी र करनीमा दोहोरो नीति

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच साझेदारी 

काठमाडौं– एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलबीच साझेदारी

‘डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी’

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले डिजिटल नेपाल बनाउन